गैंडाकोट मेयर र उपमेयरमा कांग्रेस भारी मतान्तरले निर्वाचित « Khabarhub

गैंडाकोट मेयर र उपमेयरमा कांग्रेस भारी मतान्तरले निर्वाचित


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नवलपरासी (बर्दघाट पूर्व)को गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा मदनभक्त अधिकारी र उपमेयरमा शान्ति कोइराला निर्वाचित भएका हुन् ।

मेयरका उम्मेदवार अधिकारीले निकटतम प्रतिस्पर्धी एमालेका छत्रराज पौडेललाई दुई हजार ८४९ मतान्तरले पराजित गरेका हुन् । अधिकारीले १६ हजार ४५५ मत प्राप्त गर्दा निवर्तमान मेयर समेत रहेका पौडेलले जम्मा १३ हजार ६०६ मत प्राप्त गरे । २०७४ को निर्वाचनमा पौडेल २०२ मतान्तरले निर्वाचित भएका थिए ।

उपमेयरकी उम्मेदवार कांग्रेसकी कोइराला सात हजार ४७४ मतान्तरले निर्वाचित भइन् । कोइरालाले १६ हजार ११४ मत प्राप्त गर्दा एमाले र राप्रपा गठबन्धनका उम्मेदवार लुलाराम पौडेलले आठ हजार ६४० मत प्राप्त गरे ।

गैंडाकोटका १८ वटा वडामध्ये १० वडामा कांग्रेसका उम्मेदवार निर्वाचित भए भने छ वडामा एमालेका उम्मेदवार निर्वाचित भए । एउटा वडामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भए ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ७ : ५९ बजे

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै