दिक्तेल रुपाकोट मझुवागढी मेयरमा कांग्रेस, उपमेयरमा माओवादी केन्द्र विजयी « Khabarhub

दिक्तेल रुपाकोट मझुवागढी मेयरमा कांग्रेस, उपमेयरमा माओवादी केन्द्र विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएको छ। गठबन्धनकातर्फबाट कांग्रेसका मेयरका उम्मेदवार तिर्थराज भट्टराई र माओवादी केन्द्रका उपमेयरका उम्मेदवार बिसन राई विजयी भएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमालेका मेयरका उम्मेदवार कुमार आचार्यलाई ४३९३ मतले पछि पार्दै भट्टराई मेयरमा विजयी बनेका हुन् । भट्टराईले ११३८९ मत पाउँदा आचार्यले ६९९६ मत पाएको कार्यालयले जनाएको छ । उपमेयर निर्वाचित बिसनले १०४३८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बिणादेबी राईले ७३१९ मत पाएका छन् । बिणादेबी निवर्तमान उपमेयर हुन् । राप्रपाका जीवनकुमार श्रेष्ठले ४०१, उपमेयका उम्मेदवार चन्द्रकुमारी राईले ५६२ र खम्बुवान राष्ट्रिय मोर्चा नेपालका सुवास राईले १० मत पाएका छन् । १५ वडा रहेको नगरपालिकामा एमालेका तीन, कांग्रेसका चार, माओवादी केन्द्रका छ र जसपाका दुई वडाध्यक्ष निर्वाचित भएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा कांग्रेसका नवराज राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा माओवादी केन्द्रका ध्रुवबिक्रम राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ सोल्मामा एमालेका महेन्द्रबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा माओवादी केन्द्रका खगेन्द्र राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा कांग्रेसका दिनेश घिमिरे, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा माओवादी केन्द्रका माधव राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा कांग्रेसका हरिप्रसाद चौंलागाई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा एमालेका लिलाकुमार चौहान विजयी भएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा माओवादी केन्द्रका दिनेश कठेत, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा जसपाका मुगाधन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा जसपाका इखबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा  माओवादी केन्द्रका दानबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा माओवादी केन्द्रका भगेश्वर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा एमालेका दिनेश राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कमा कांग्रेसका रामबादुर कट्वाल विजयी भएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ९ : २८ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली

इन्डोनेसिया-भारतबीच रक्षा, समुद्री सुरक्षा र महत्वपूर्ण खनिजमा सहकार्य विस्तार

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा औद्योगिक