अभिनयलाई निरन्तर दिन्छु « Khabarhub

अभिनयलाई निरन्तर दिन्छु


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने चर्चित शो ‘कल कान्तिपुर’ मार्फत परिचित बनेकी अकेशा बिष्टले धेरै म्युजिक भिडियोमा काम गरेकी छिन् ।

कल कान्तिपुर’ मा देखिएको अनुहारलाई धेरैले म्युजिक भिडियोमा लिए । भिडियोमा सफल मोडल बनेपछि उनले फिल्ममा डेब्यु गरिन् । निकेश खड्का निर्देशित फिल्म ‘जिन्दगी रक्स’ मार्फत उनी अभिनयमा आइन् । म्युजिक भिडियोमा उदाईरहेकाहरुकै सहकार्यले बनेको फिल्मले सफलता पाउन सकेन । सन् २०१५ मा रिलिज भएको फिल्म ‘जिन्दगी रक्स’ को असफलता पश्चात उनी अमेरिका लागिन् । अध्ययनका लागि भन्दै उनी त्यता लागेकी थिइन् । त्यसपछि फाट्टफुट्ट भिडियोमा देखिएकी अकेशा अहिले काठमाडौँमा फर्किएकी छन् । जेठ ६ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाइफ इन एलए’ बाट उनले पर्दामा कमब्याक गर्दै छिन् । दर्शकले भने उनलाई सम्झिरहेका छन् कि भुलाए ? त्यो भने हेर्न बाँकी छ । 

फिल्म  ‘लाइफ इन एलए’ ले अमेरिकी सपना देखेर त्यहाँ होमिएका नेपाली युवापुस्ताको संघर्ष र असमानतालाई चित्रण गर्छ । फिल्ममा अकेशा स्वयंको मुख्य भूमिका छ । ब्यास बिसुसँग उनले अनस्क्रिन रोमान्स गरेकी छन् । उनी आफ्नो कमब्याक खुसी, डर र नर्भसले भरिएको सुनाउँछिन् । तर, अब अमेरिकामा बसेरै भए पनि अभिनयलाई निरन्तरता दिने उनको सोच छ । काठमाडौँमा आयोजित पत्रकारसँग अकेशाले अब अभिनयलाई निरन्तरता दिने योजना सुनाइन । ‘मेरो पहिलो फिल्म रिलिजपछि देशमा भूकम्प गयो । त्यसलगत्तै म अमेरिका गएँ । उता गएपछि पढाई र कामले गर्दा फिल्ममा समय दिन सकिएन । अब राम्रो भूमिकाबाट प्रस्ताव आयो भने अभिनयलाई निरन्तरता दिने सोचमा छु’ अकेशाले भनिन् ।

आफू अमेरिकामा बस्न थाले पनि मनबाट नेपाली फिल्म कहिल्यै टाढा हुन नसकेको उनको भनाई छ। ‘स्क्रिप्ट र भूमिका मन परेपछि लाइफ इन एलए गरेकी हुँ’ उनले भनिन् । सूर्य एन श्रेष्ठ निर्देशित फिल्म ‘लाइफ इन एलए’ मा ब्यास बिस्सु, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, साम भुजेल, जयन्द्र चिलुवाललगायतको अभिनय छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  १२ : २२ बजे

५ करोड बजेटसहित ‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको