‘सलार’ लाई लिएर उत्साहित छन् फ्यान « Khabarhub

‘सलार’ लाई लिएर उत्साहित छन् फ्यान


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केजीएफ : च्याप्टर २’ रिलिज भएसँगै दर्शक माझ निर्देशक प्रशान्त नीलको क्रेज बढ्दो छ ।

केजीएफबाट नै आफ्नो फ्यान बनाउन सफल यश यसपटक पनि उस्तै देखिएका छन् । उनको फिल्मलाई दर्शकले इन्जोय गरे। यो फिल्ममा यश झैँ निर्देशक प्रशान्त नीलको पनि उत्तिकै चर्चा भयो । सिक्वेल फिल्मले दर्शकको अपेक्षा पुरा गर्छ वा गर्दैन भन्ने डरकै बीच रिलिज भएको फिल्मलाई दर्शकले रुचाए ।

यसपछि प्रशान्तको निर्देशनमा रिलिज हुने नेक्स्ट फिल्म हो ‘सलार’ । यसमा प्रभास छन् । साउथ इन्डियन फिल्मका दुई स्टारसँग प्रशान्तले काम गरिरहेका छन् । ‘सलार’ पश्चात केजीएफको तेस्रो च्याप्टरको काम अगाडि बढ्न सक्ने अनुमान गरिएको छ । ‘केजीएफ : च्याप्टर २’ सफल भइरहँदा दर्शकले यसको कनेक्सन अर्को फिल्म ‘सलार’ सँग खोजिरहेका छन् । केजीएफकै मेकर्स र निर्देशकको फिल्म भएकाले कनेक्सन खोजिएको छ ।

केजीएफ सिरिज पश्चात प्रशान्त र प्रभासको टिमअप भएकाले पनि ‘सलार’ प्रतीक्षित बनिरहेको छ । फिल्ममा देखाइएको प्रभासको लुक्सलाई दर्शकले रुचाएका छन् । यसका साथै केजीएफ पश्चात दर्शक पनि उत्साहित छन् । ‘केजीएफ: च्याप्टर २’ मा देखिएको फरमानको क्यारेक्टर नै सलारमा प्रभास हुने अनुमान फ्यानले लगाएका छन् । ‘सलार’ को सार्वजनिक प्रचारप्रसारमा प्रभासले लगाएको ताबिज र फरमानले लगाएको ताबिज उस्तै देखिनुलाई फिल्म आपसमा जोडिएको भनेर दर्शकले सामाजिक सञ्जालमा अनुमान गरिरहेका छन् । 

उनीहरूले आफ्नो दुई प्रिय हिरो प्रभास र यशलाई एउटै फिल्ममा हेर्न चाहेको सामाजिक सञ्जालमा उल्लेख गर्दै कनेक्सन खोजिरहेका हुन् । ‘केजीएफ : च्याप्टर २’ मा फर्मानाको आमाको क्यारेक्टर प्ले गर्ने कलाकार ईश्वरी राव ‘सलार’ मा समेत छिन् । यसले गर्दा पनि निर्देशक प्रशान्तले यी दुईको कथालाई एक आपसमा जोडेर अगाडि बढाउने अनुमान गरिएको छ । पछिल्लो समय बलिउडमा पनि मार्भल स्टुडियोको एभेन्जर्सवार्नर ब्रोजको जस्टिस लिगकै शैलीमा दर्शकका प्रिय हिरोहरुलाई एकसाथ ल्याउने ‘ट्रेन्ड’ बढिरहेको छ ।

बलिउडमा रोहित शेट्टीले आफ्नो कप युनिभर्स बनाइसकेका छन् भने यशराज फिल्म्सले पनि ‘स्पाइ युनिभर्स’ बनाइरहेका छन् ।

यस्तैमा प्रशान्तले पनि त्यही अनुरुप ‘केजीएफ’ सँग ‘सलार’ लाई जोड्ने तयारी गरिरहेको चर्चा गर्दा फ्यानहरुले सामाजिक सञ्जालमा कनेक्सन खोजिरहेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ३ : ०२ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी