झापाको बाह्रदशी गाउँपालिकामा एमाले विजयी « Khabarhub

झापाको बाह्रदशी गाउँपालिकामा एमाले विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) ले विजयी भएको छ । 

अध्यक्षमा एमालेका देवेन्द्रप्रसाद चम्लागाईं सात हजार १४८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका खड्गप्रसाद राजवंशीले चार हजार ३६१ मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्षमा एमालेकै शान्ता शिवाकोटी खरेलले छ हजार ६३६ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका कमला राजवंशीले चार हजार १९५ मत प्राप्त गरेका हुन् ।

सात वडा रहेको बाह्रदशीमा चारमा कांग्रेस तथा एक/एक वडामा एमाले, राप्रपा र स्वतन्त्रले अध्यक्षमा विजयी बनेका छन् । 

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ३ : ११ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको