नेपाल टी–२० लिग ८ असोजदेखि सुरु हुने « Khabarhub

नेपाल टी–२० लिग ८ असोजदेखि सुरु हुने


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले होम एण्ड अवेका आधारमा नेपाल टी–२० लिग गर्ने गरी  मिति घोषणा गरेको छ । काठमाडौंको एक होटलमा भव्य कार्यक्रमबीच क्यानले मिति घोषणा गरेको हो । प्रतियोगिता ८ असोजमा सुरु भई ५ कात्तिकमा समापन हुनेछ ।

खेलका लागि क्यानले भारतीय कम्पनी सेभेट थ्री स्पोर्टस्सँग कमर्सियल पार्टनरको रुपमा सम्झौता गरेको छ । घोषणासँगै  नेपाली क्रिकेट नयाँ आयमतर्फ बढेको  क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जनाए ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले संघका आधिकारिक लिगको मिति र प्रतियोगिता घोषणा गर्न पाउँदा खुसी लागेको बताए । प्रतियोगिता किर्तिपुरस्थित टीयू  क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिता होम एण्ड अवेका आधारमा हुने चन्दले बताए ।

यस्तै, प्रतियोगितासँगै क्यान आर्थिक रुपमा बलियो हुने  उनले बताए । टिमको नाम र घोषणा १५ दिनपछि गर्ने बताए ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ३ : ५५ बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको