खेलाडी प्रशिक्षक छानबिन समितिले एन्फालाई प्रतिवेदन बुझायो « Khabarhub

खेलाडी प्रशिक्षक छानबिन समितिले एन्फालाई प्रतिवेदन बुझायो


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खेलाडी प्रशिक्षकबीचको विवादपछि गठन भएको तीन सदस्यीय समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रतिवेदन बुझाएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा भिक्टोर राणाको संयोजकत्वमा रहेको समितिले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई २८ पृष्ठ लामो प्रतिवेदन बुझाएको हो । 

यस अघि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारका कारण १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए । यसपछि घटना सतहमा आएको थियो । खेलाडीको समस्या लिएर प्रशिक्षक समक्ष पुगेका रोहित चन्दलाई होटल निस्कन दबाब दिएपछि अन्य खेलाडीले समेत होटेल छाडेका थिए । 

यसपछि खेलाडी र प्रशिक्षक दुवैले एन्फालाई एकअर्कालाई आरोप लगाउँदै पत्र बुझाएका थिए । यसपछि एन्फाको कार्यसमिति बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिले एन्फालाई सात दिनभित्र प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेको छ । 

छानबिन समितिमा पूर्व जर्नेल राणाको संयोजकत्वमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा र पूर्व फुटबलर विदुर विष्ट सदस्य थिए।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ४ : ०३ बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ