सर्लाहीको चन्द्रनगर अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी « Khabarhub

सर्लाहीको चन्द्रनगर अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

मतगणनाअनुसार चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार राजकुमार महतो ३९९५ मत ल्याएर विजयी भएका हुन् । उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार गीतादेवी महतो ३८६० मतसहित विजयी भएकी हुन् ।

महतोका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार लोकेन्द्र मुखियाले ३५३६ मत पाए । उपाध्यक्षकी निकटतम प्रतिस्पर्धी कांग्रेसबाट उपाध्यक्ष पदको उम्मेदवार मन्जु देवीले २९५८ मत प्राप्त गरेको चन्द्रनगर गाउँपालिकाका सहायक मतदान अधिकृत मदन बहादुर थिङले जानकारी दिए ।

वडातर्फ १ नम्बरमा कांग्रेसका रामेश्वरप्रसाद महतो, २ मा कांग्रेसकै शम्भु साह तेली, ३ मा माओवादी केन्द्रका सीताराम महतो, ४ मा स्वतन्त्र राजीवसिं दनुवार, ५ मा लोसपाका सूर्यवंश राय, ६ मा माओवादी केन्द्रका रामस्वरूप कुर्मी र ७ मा माओवादी केन्द्रका दीपेन्द्रकुमार चौधरी विजयी भएका छन् । योसँगै सर्लाहीमा कांग्रेसले नौ पालिकामा जित निकालेको छ । 

माओवादी दुई पालिकामा विजयी भएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ४ : ५५ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला