प्रदूषणका कारण ९० लाख मानिसहरूको मृत्यु भएको नयाँ प्रतिवेदन सार्वजनिक « Khabarhub

प्रदूषणका कारण ९० लाख मानिसहरूको मृत्यु भएको नयाँ प्रतिवेदन सार्वजनिक


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०१९ मा प्रदूषणका कारण विश्वभर ९० लाख मानिसको मृत्यु भएको नयाँ अध्ययनले देखाएको छ ।

प्रदूषण र स्वास्थ्यसम्बन्धी ल्यान्सेट जर्नलले विश्वव्यापी स्वास्थ्यमा प्रदूषणको प्रभाव ‘युद्ध, आतंकवाद, मलेरिया, एचआईभी, क्षयरोग, लागूपदार्थ र मदिराको भन्दा धेरै ठूलो रहेको’ जनाएको छ ।

‘प्रदूषण मानव र ग्रहको स्वास्थ्यमा खतरा हो । यसले आधुनिक समाजको दिगोपनलाई खतरामा पार्छ’ ल्यानसेटको अध्ययनलाई उद्धृत गर्दै भारतीय अखबार द हिन्दुको अनलाइन संस्करणले जनाएको छ । 

बाहिरको हावामा सास फेर्दा मृत्यु बढेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । हावा, पानी र माटोमा मानवका कारण उत्पन्न फोहोरले मानिसलाई तत्कालै नमार्ने तर, यसले  हृदय रोग, क्यान्सर, श्वासप्रश्वास समस्या, पखाला र अन्य गम्भीर रोगहरू निम्त्याउने बताइएको छ ।

‘हामीले स्वच्छ र हरियाली तरिकाले उत्पादनका लागि व्यवस्थापन गर्न सकेनौँ भने डरलाग्दो गल्ती गरिरहेका छौँ’ रिपोर्टका प्रमुख लेखक रिचर्ड फुलरले भने ।

रासायनिक प्रदूषणले जैविक विविधतालाई पनि हानी गरेको र यो अर्को चुनौती भएको उनले बताए । ‘यी विषयहरू भयानक रूपमा जोडिएका छन्’, उनले थपे ।

समग्रमा विश्वव्यापी रूपमा प्रदूषणका कारण ६ जनामा एक जनाको अकाल मै ज्यान जाने गरेको प्रतिवेदनमा उल्लेख छ ।

घरभित्रको वायु प्रदूषण, असुरक्षित पिउने पानी र अपर्याप्त सरसफाइसँग सम्बन्धित मृत्युदरमा कमीसँगै अफ्रिकामा भने धेरै सुधार आएको अध्ययनकर्ताहरूले बताएका छन् ।

दक्षिण र पूर्वी एसियामा औद्योगिकीकरणसँग जोडिएका अकाल मृत्यु बढेको विज्ञहरूले बताएका छन् । ल्यान्सेट प्लानेटरी हेल्थमा प्रकाशित सो अध्ययनमा सन् २०१९ मा वायु प्रदूषणले ४५ लाख मानिसहरूको ज्यान गएको थियो ।

जबकी सन् २०१५ मा ४२ लाख र सन् २००० मा २९ लाखको मृत्यु भएको थियो । रासायनिक प्रदूषण पनि बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ । सिसाको विषाक्तताले मात्र ९ लाख जनाको मृत्यु भएको प्रतिवेदनमा जनाइएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ५ : ३७ बजे

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा

पहिलो पाँच महिनामा बागमतीको पुँजीगत खर्च ४.४७ प्रतिशत

बागमती– बागमती प्रदेशले चालु आर्थिक वर्ष (आव)को प्रथम पाँच महिनामा

‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज– एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि

बुटवलमा औद्योगिक प्रदर्शनी बुधबारदेखि, तयारी पूरा

लुम्बिनी– रुपन्देहीमा हुने १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा