प्रदूषणका कारण ९० लाख मानिसहरूको मृत्यु भएको नयाँ प्रतिवेदन सार्वजनिक « Khabarhub

प्रदूषणका कारण ९० लाख मानिसहरूको मृत्यु भएको नयाँ प्रतिवेदन सार्वजनिक


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०१९ मा प्रदूषणका कारण विश्वभर ९० लाख मानिसको मृत्यु भएको नयाँ अध्ययनले देखाएको छ ।

प्रदूषण र स्वास्थ्यसम्बन्धी ल्यान्सेट जर्नलले विश्वव्यापी स्वास्थ्यमा प्रदूषणको प्रभाव ‘युद्ध, आतंकवाद, मलेरिया, एचआईभी, क्षयरोग, लागूपदार्थ र मदिराको भन्दा धेरै ठूलो रहेको’ जनाएको छ ।

‘प्रदूषण मानव र ग्रहको स्वास्थ्यमा खतरा हो । यसले आधुनिक समाजको दिगोपनलाई खतरामा पार्छ’ ल्यानसेटको अध्ययनलाई उद्धृत गर्दै भारतीय अखबार द हिन्दुको अनलाइन संस्करणले जनाएको छ । 

बाहिरको हावामा सास फेर्दा मृत्यु बढेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । हावा, पानी र माटोमा मानवका कारण उत्पन्न फोहोरले मानिसलाई तत्कालै नमार्ने तर, यसले  हृदय रोग, क्यान्सर, श्वासप्रश्वास समस्या, पखाला र अन्य गम्भीर रोगहरू निम्त्याउने बताइएको छ ।

‘हामीले स्वच्छ र हरियाली तरिकाले उत्पादनका लागि व्यवस्थापन गर्न सकेनौँ भने डरलाग्दो गल्ती गरिरहेका छौँ’ रिपोर्टका प्रमुख लेखक रिचर्ड फुलरले भने ।

रासायनिक प्रदूषणले जैविक विविधतालाई पनि हानी गरेको र यो अर्को चुनौती भएको उनले बताए । ‘यी विषयहरू भयानक रूपमा जोडिएका छन्’, उनले थपे ।

समग्रमा विश्वव्यापी रूपमा प्रदूषणका कारण ६ जनामा एक जनाको अकाल मै ज्यान जाने गरेको प्रतिवेदनमा उल्लेख छ ।

घरभित्रको वायु प्रदूषण, असुरक्षित पिउने पानी र अपर्याप्त सरसफाइसँग सम्बन्धित मृत्युदरमा कमीसँगै अफ्रिकामा भने धेरै सुधार आएको अध्ययनकर्ताहरूले बताएका छन् ।

दक्षिण र पूर्वी एसियामा औद्योगिकीकरणसँग जोडिएका अकाल मृत्यु बढेको विज्ञहरूले बताएका छन् । ल्यान्सेट प्लानेटरी हेल्थमा प्रकाशित सो अध्ययनमा सन् २०१९ मा वायु प्रदूषणले ४५ लाख मानिसहरूको ज्यान गएको थियो ।

जबकी सन् २०१५ मा ४२ लाख र सन् २००० मा २९ लाखको मृत्यु भएको थियो । रासायनिक प्रदूषण पनि बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ । सिसाको विषाक्तताले मात्र ९ लाख जनाको मृत्यु भएको प्रतिवेदनमा जनाइएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ५ : ३७ बजे

हिमाली भूभागका एकदुई स्थानमा हिमपातको पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानी सर्वोच्च नेता खामेनी मारिए, सातदिने सार्वजनिक बिदा र ४० दिने शोकको घोषणा

तेहरान– इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायली र अमेरिकी

सार्वजनिक स्थानमा होली नखेल्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले होली पर्वका अवसरमा अमर्यादित, उच्छृङ्खल,

इरानले बन्द गरिदियो होर्मुज स्ट्रेट जलमार्ग

तेहरान – इरानले विश्वमा तेल आपूर्तिको प्रमुख जलमार्गमध्ये एक होर्मुज

इरानी नेता खामेनेईका छोरी, ज्वाइँ र नाति मारिए

तेहरान– इजरायली र अमेरिकी आक्रमणका क्रममा इरानी सर्वोच्च नेता आयतोल्लाह