माधव नेपालको गृहनगर गौरको मेयर र उपमेयर दुवैमा एकीकृत समाजवादी विजयी « Khabarhub

माधव नेपालको गृहनगर गौरको मेयर र उपमेयर दुवैमा एकीकृत समाजवादी विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको गृहनगर रौतहटको गौर नगरपालिकामा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।

गौरको मेयरमा नेकपा एकीकृत समाजवादीका शम्भु साह २ हजार ६ सय २६ मत अन्तरले निर्वाचित भएका छन् । साहले ६ हजार ३ सय ८१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख लोकतान्त्रिक समाजवादी पार्टीका अजय कुमार गुप्ताले ३ हजार ७ सय ५५ मत पाएका छन् ।

त्यस्तै नगर मेयर पदमा एकीकृत समाजवादीकै शैलकुमारी साह ४ हजार ८ सय ९ मत पाई निर्वाचित भएकी छन् । साहकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी शाहजान खातुनले ३ हजार ६ सय ८५ मत पाइन् । २०७४ सालको निर्वाचनमा साह गुप्तासँग पराजित भएका थिए ।

निर्वाचित साहको पार्टीले गौर नगरपालिकाको १, २, ३, ४, ६, ७ र ९ नम्बर वडामा जित हासिल गरेको छ । ५ मा स्वतन्त्र र ८ मा नेपाली काँग्रेसका वडाध्यक्ष निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय गौरले जनाएको छ । यसअघि लोसपाले जितेको गौरमा अहिले बहुमत वडासहित एकीकृत समाजवादीले जितेको हो ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ६ : १३ बजे

युके पठाउने भन्दै ५२ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी

भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलामा जाने र त्यहाँबाट

रौनित साह एमाले केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा मधेसी युवा क्लस्टरबाट

दुई घण्टामा २०० जनाले मत हाले

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनको निर्वाचनमा दुई घण्टा नाघिसक्दा २००

एमाले महाधिवेशन : यस्तो छ ईश्वर प्यानलको फाइनल सूची

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहको