माधव नेपालको गृहनगर गौरको मेयर र उपमेयर दुवैमा एकीकृत समाजवादी विजयी « Khabarhub

माधव नेपालको गृहनगर गौरको मेयर र उपमेयर दुवैमा एकीकृत समाजवादी विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको गृहनगर रौतहटको गौर नगरपालिकामा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।

गौरको मेयरमा नेकपा एकीकृत समाजवादीका शम्भु साह २ हजार ६ सय २६ मत अन्तरले निर्वाचित भएका छन् । साहले ६ हजार ३ सय ८१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख लोकतान्त्रिक समाजवादी पार्टीका अजय कुमार गुप्ताले ३ हजार ७ सय ५५ मत पाएका छन् ।

त्यस्तै नगर मेयर पदमा एकीकृत समाजवादीकै शैलकुमारी साह ४ हजार ८ सय ९ मत पाई निर्वाचित भएकी छन् । साहकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी शाहजान खातुनले ३ हजार ६ सय ८५ मत पाइन् । २०७४ सालको निर्वाचनमा साह गुप्तासँग पराजित भएका थिए ।

निर्वाचित साहको पार्टीले गौर नगरपालिकाको १, २, ३, ४, ६, ७ र ९ नम्बर वडामा जित हासिल गरेको छ । ५ मा स्वतन्त्र र ८ मा नेपाली काँग्रेसका वडाध्यक्ष निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय गौरले जनाएको छ । यसअघि लोसपाले जितेको गौरमा अहिले बहुमत वडासहित एकीकृत समाजवादीले जितेको हो ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ६ : १३ बजे

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका