गठबन्धनले भत्कायो एमालेको गढ, खैरहनीको मेयरमा कांग्रेसका खनिया निर्वाचित | Khabarhub Khabarhub

गठबन्धनले भत्कायो एमालेको गढ, खैरहनीको मेयरमा कांग्रेसका खनिया निर्वाचित


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- पाँच दलीय गठबन्धनले पूर्वी चितवन खैरहनीमा नेकपा एमालेको गढ भत्काएको छ ।

एमालेले २५ वर्षदेखि आफ्नो गढका रुपमा लिएको खैरहनी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका शशीकुमार खनिया निर्वाचित भएका छन् । २०५४ मा तत्कालीन खैरहनी गाविसको अध्यक्षदेखि २०७४ मा नगरपालिकाको मेयरमा निर्वाचित हुँदै आएका एमालेका लालमणि चौधरीलाई खनियाँले ८५० मतान्तरले पराजित गरेका हुन् ।

खनियाले १४ हजार ५४५ मत ल्याउँदा चौधरीले १३ हजार ६९५ मत प्राप्त गरे । पूर्व सांसदसमेत रहेका चौधरीलाई मेयरमा गठबन्धनले हराउन सके पनि उपमेयरमा भने हराउन सकेन । उपमेयरमा एमालेकी कविता उप्रेती चार हजार ४९४ मतान्तरले निर्वाचित भइन् ।

उप्रेतीले १४ हजार १६४ मत प्राप्त गर्दा उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी लक्ष्मी ढकालले नौ हजार ६७० मत प्राप्त गरिन् ।खैरहनीमा गठबन्धनको सहारामा कांग्रेसले छ वडा जित्न सफल भयो । एमालेले सात वडामा जित हात पारेको छ ।

वडाहरूको मतपरिणाम यस्तो छ

खैरहनी नगरपालिका-१ को अध्यक्षमा नेपाली कांग्रेसका नवराज भुसाल निर्वाचित भएका छन् । भुसाल एक हजार ९४ मत ल्याएर विजयी भए । उनका निकतम प्रतिस्पर्धी एमालेका वसन्त लामिछानेले ९ सय ३३ मत ल्याए । खैरहनी-२ मा कांग्रेसको प्यानल नै विजयी भयो । अध्यक्षमा कांग्रेसका रोहिणी प्रसाद उप्रेती ११ सय ६८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका चन्द्रकमल पाण्डेले ५८४ मत मात्रै प्राप्त गरे ।

खैरहनी-३ को अध्यक्षमा कांग्रेसकै पूर्णबहादुर गुरुङ ७७७ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका सुकुमाया घिसिङले ६९७ मत प्राप्त गरे पनि निर्वाचित हुनका लागि पर्याप्त भएन । सदस्यमा मिश्रित परिणाम आएको छ ।

खैरहनी-४ मा एमालेका वेदबहादुर अधिकारी १५ सय पाँच मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भए । कांग्रेसका नारुद करुवालले ७८९ मत मात्रै प्राप्त गरे । खैरहनी-५ को अध्यक्षमा एमालेका छत्रनाथ सुवेदीले ६५९ मत ल्याएर निर्वाचित भए । निकटतम प्रतिस्पर्धी कांग्रेसका एकबहादुर बोहरा क्षेत्रीले ५६६ मत मात्रै प्राप्त गरे ।

खैरहनी-६ मा एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा एमालेका कमल प्रसाद न्यौपानेले एक हजार २१२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेसका रामेश्वर बर्तौलाले ९८४ मत मात्रै प्राप्त गरे । खैरहनी-७ को अध्यक्षमा एमालेका मनेजर महतो एक हजार ८७ मत ल्याएर निर्वाचित भए । यस वडामा एमालेको प्यानल नै विजयी भएको हो । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका किरण चौधरीले ७२६ मत मात्रै ल्याए ।

खैरहनी-८ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा कांग्रेसका शंखर कँडेल ८३८ मत ल्याएर निर्वाचित भए । कँडेलका निकटतम प्रतिस्पर्धी एमालेका शान्तिकुमारी चौधरीले ८२४ मत ल्याइन् । खैरहनी-९ मा एमालेको प्यानल नै विजयी भयो । वडा अध्यक्षमा एमालेका बन्धुराम महतो ११ सय ७९ मत ल्याएर निर्वाचित भए ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका पवन श्रेष्ठले ८६८ मत मात्रै प्राप्त गरे । खैरहनी-१० मा कांग्रेसको प्यानल नै विजयी भयो । वडा अध्यक्षमा कांग्रेसका चन्द्र विक्रम चौधरीले १८ सय ५५ मत ल्याएर निर्वाचित भए । निकटतम प्रतिस्पर्धी एमालेका कारीराम चौधरीले १७ सय ५१ मत प्राप्त गरे ।

खैरहनी–११ को अध्यक्षमा एमालेका दीपेन्द्र कुमार दरै ८४० मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी कांग्रेसका सन्तोष भण्डारीले ६१९ मत मात्रै प्राप्त गरे । खैरहनी-१२ को अध्यक्षमा कांग्रेसका केदारनाथ पन्त ११ सय ३७ मत ल्याएर निर्वाचित भए ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्णलाल चौधरीले एक हजार ३६ मत ल्याए । खैरहनी-१३ को अध्यक्षमा एमालेका कुलप्रसाद भुसाल ११ सय ४० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सानोकाजी कुँवरले ९२४ मत मात्रै प्राप्त गरे ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ६ : २६ बजे

माधव नेपालबारे ओलीको टिप्पणी : कांग्रेसले प्रधानमन्त्री बनाएर टाउकोमै बोके हुन्छ

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

प्रदेशसभा अधिवेशन आह्वान, वैशाख ३१ गते विश्वासको मत लिने कार्कीको तयारी 

काठमाडौं– प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको अधिवेशन आह्वान गरेका

गृहमन्त्रीको बचाउ गर्दै ओलीले भने, ‘उजुरी पर्दैमा छानबिन गर्ने हो भने सबैका विरुद्ध पर्छ’ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेको

चट्टान आरोहण गर्दा लडेका सूचनको उपचारका क्रममा मृत्यु

खोटाङ– साहसिक खेल भनेर चिनिने चट्टान आरोहण (रक क्लाइम्बिङ) गर्नेक्रममा

कोशी प्रदेश सरकार गठनविरुद्धको रिटबारे न्यायाधीश फुयाँलको इजलासमा सुनुवाइ

काडमाडौं– कोशी प्रदेश सरकार गठन विरुद्धको रिट हरिप्रसाद फुयाँलको इजलासमा