सुदूरपश्चिमका ३ जिल्लामा कांग्रेस, एमाले र माओवादी शून्य | Khabarhub Khabarhub

सुदूरपश्चिमका ३ जिल्लामा कांग्रेस, एमाले र माओवादी शून्य


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएका मध्ये सुदूरपश्चिमका तीन जिल्लामा प्रमुख ३ दल शून्यमा झरेका छन् ।

नेपाली कांग्रेस दार्चुलामा, नेकपा एमाले डडेल्धुरा र नेकपा माओवादी केन्द्र बाजुरामा शून्य भएका हुन् । ९ पालिका रहेको दार्चुलामा नेकपा एमालेले ५ र नेकपा माओवादी केन्द्रले ४ पालिका प्रमुख जितेको छ । दार्चुलामा नेपाली कांग्रेसले ३ उपप्रमुख पद जितेको छ ।

दार्चुलामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी तालमेल भएको थियो । नेपाली कांग्रेसले २०७४ मा जितेको दार्चुला सदरमुकाम रहेको महाकाली नगरपालिकामा यस पटक नेकपा एमालेले जित हासिल गरेको छ । दार्चुलामा महाकाली नगरपालिका सहित दुहुँ गाउँपालिका, ब्यास गाउँपालिका, मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । यसैगरी नेकपा माओवादी केन्द्रले दार्चुलाको लेकम गाउँपालिका, मार्मा गाउँपालिका, नौगाढ गाउँपालिका र अपिहिमाल गाउँपालिकामा जित हात पारेको छ । दार्चुला नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुको गृह जिल्ला हो । 

यसैगरी नेकपा एमाले डडेल्धुरामा शून्य भएको छ । २०७४ को निर्वाचनमा डडेल्धुरा सदरमुकाम समेत रहेको अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा नेकपा एमाले विजयी भएको थियो । तर यस पटक भने डडेल्धुरामा एमालेले केही वडामा मात्रै चित्त बुझाउनु परेको छ । डडेल्धुराका ७ पालिका मध्य ५ मा नेपाली कांग्रेस र २ पालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । डडेल्धुरा जिल्ला प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो । 

जहाँ सदरमुकाम रहेको अमरगढी नगरपालिका सहित गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका, पर्शुराम नगरपालिका र  भागेश्वर गाउँपालिकामा कांग्रेस विजयी भएको छ । डडेल्धुराको अजयमेरु गाउँपालिका र आलिताल गाउँपालिकामा भने नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । 

सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा नेकपा माओवादी केन्द्र शून्यमा झरेको छ । ९ पालिका रहेको बाजुरामा अहिले सम्म ७ पालिकाको अन्तिम मत परिणाम आएको छ । ती मध्य ४ मा नेकपा एमाले र ३ पालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । ७ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक हुँदा माओवादी केन्द्रले उप प्रमुख समेत जित्न सकेको छैन ।

बाजुरामा अन्तिम मत परिणाम आएका मध्य ४ पालिकामा एमाले विजयी भएको छ । गौमुल गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, जगन्नाथ गाउँपालिका र बडिमालिका नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । 

त्यसैगरी बाजुराका ३ पालिकामा नेपाली कांग्रेसले नेतृत्व हात पारेको छ । कांग्रेसले हिमाली गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिकात्रिवेणी नगरपालिकामा जित हात पारेको छ । 

बाजुराका बाँकी २ पालिका मध्य अहिले बुढीनन्दा नगरपालिकामा मतगणना जारी रहेको छ । सो पालिकामा एमाले र कांग्रेस बीचनै प्रतिष्पर्धा छ । त्यसैगरी बुढीगंगा नगरपालिकामा विवादका कारण मतदान नै हुन सकेको छैन । बुढीगंगा नगरपालिकामा पनि नेकपा माओवादी केन्द्र कमजोर अवस्थामा छ । सो पालिकामा २०७४ को निर्वाचनमा नेपाली कांग्रेस विजयी भएको थियो ।

एमालेबाट विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीले भने दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, बाजुरा र अछाममा खाता खोल्न सकेको छैन । कैलाली, कञ्चनपुर र बझाङका केही पालिकामा भने मत गणना जारी छ । नेकपा (एस) ले बझाङ र कैलाली एक/एक पालिकामा अग्रता लगेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ६ : ४८ बजे

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको