सन्धिखर्क नगरपालिकामा एमालेसँग पाँच दलीय गठबन्धन पराजित « Khabarhub

सन्धिखर्क नगरपालिकामा एमालेसँग पाँच दलीय गठबन्धन पराजित


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– अर्घाखाँची जिल्लाका बहुसंख्यक पालिकामा विजय हासिल गरेको नेकपा एमालेले सन्धिखर्क नगरपालिकामा समेत विजय हासिल गरेको छ ।

जिल्लाको सदरमुकाम समेत रहेको सन्धिखर्कमा एमालेका नगर प्रमुख पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले पाँच दलीय गठबन्धनकी उम्मेदवार शान्ता भण्डारीलाई एक हजार ७८१ मतान्तरले पराजित गरे ।

यसअघि २०७४ सालको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनले जितेको उक्त नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका कमल भुसाल र उपप्रमुखमा माओवादी केन्द्रका ठाकुर विश्वकर्मा थिए । यसपटकको निर्वाचनमा सन्धिखर्कका बहुसंख्यक वडा सहित प्रमुख र उपप्रमुख दुवै पद नेकपा एमालेले हात पारेको हो । नगरप्रमुखमा श्रेष्ठले ११ हजार ३९६ मत पाएर विजयी हुँदा उपप्रमुख पदमा मिश्रा आचार्य ९ हजार ८७५ मत पाएर विजयी बनिन् । 

गठबन्धनको तर्फबाट नगर प्रमुखमा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी नेतृ शान्ता भण्डारीले ९ हजार ६ सय ३५ मत पाइन भने उपप्रमुख पदमा गठबन्धनकै तर्फबाट उम्मेदवार बनेका राजेन्द्र भुसालले ९ हजार १ सय ६८ मतमा चित्त बुझाए ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ८ : १० बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला