भरतपुरमा दाहालको अन्तर फराकिलो बन्दै « Khabarhub

भरतपुरमा दाहालको अन्तर फराकिलो बन्दै


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर महानगरपालिकाको प्रमुख पदमा जारी मतगणनामा पाँच दलीय गठबन्धनकी उम्मेदवार रेनु दाहालले मतान्तरलाई फराकिलो बनाउँदै लगेकी छिन्। भरतपुर महानगरपालिका–७ र ८ को मत गणनाका क्रममा दाहालले दुई हजार मतले अग्रता लिएकी हुन्।

दाहालले ११ हजार ९० मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले नौ हजार ९० मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार ९५८ मत प्राप्त गरेका छन्। 

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १३ हजार २४५ र राप्रपाका हिमला गुरुङले सात हजार ३७१ मत प्राप्त गरेकी छन्। 

गणना भइरहेका वडाहरूमा वडाध्यक्षमा समेत गठबन्धनका उम्मेदवारहरू अग्रस्थानमा रहेका छन् । वडा नं ७ मा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका राजेन्द्रमणि काफ्ले ९७४ र नेकपा एमालेका सनतकुमार लामिछानेले ८६२ मत प्राप्त गरेका छन् ।

 यस्तै वडा नं ८ मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार जीवनाथ कँडेलले १९४ मत र नेकपा एमालेका तिलकबहादुर दर्लामी मगरले १५७ मत प्राप्त गरेका छन्।

यसअघि महानगरको वडा नं १, २, ४, ५ र ६ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने वडा नं ३ मा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए। भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ७ : ४८ बजे

आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदै

काठमाडौँ- आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक

भक्तपुर नगरव्यापी ‘दाफा’ प्रदर्शनी सम्पन्न

भक्तपुर– भक्तपुर नगरपालिकाद्वारा आयोजित ‘भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी २०८३’ मा

ट्राफिक कारबाहीबाट एकैदिन पाँच लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिनमा एक हजार

नेपालगञ्जस्थित प्लाइ उद्योगमा आगलागी, पाँच करोडको क्षति

बाँके– बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२१ फुल्टेक्रास्थित नयाँबस्तीमा अवस्थित एभरेष्ट प्लाइ ढोका

एसियाली छनोट : पुरुष र महिला क्रिकेट टिम अहिले चीनसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ – एसियाली गेम्स छनोट अन्तर्गत आइतबार नेपाली पुरुष र