बूढानीलकण्ठको प्रमुख र उपप्रमुखमा एमाले विजयी « Khabarhub

बूढानीलकण्ठको प्रमुख र उपप्रमुखमा एमाले विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको दिउँसो सम्पन्न मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार मिठाराम अधिकारीले १४ हजार २५० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत चमिला भट्टराईले राससलाई जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद चालिसेले ११ हजार ५१२ मत ल्याए भने एकीकृत समाजवादीका उम्मेदवार बालकृष्ण श्रेष्ठले दुई हजार २२२ मत प्राप्त गरे  । उक्त नगरपालिकाको प्रमुखमा विभिन्न राजनीतिक दलसहित १५ जनाको उम्मेदवारी परेको थियो ।

यस्तै उपप्रमुखमा पनि नेकपा एमालेकै उम्मेदवार अनिता लामाले १४ हजार ३१४ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार रमिला वाग्लेले ११ हजार ९७२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए ।

कूल ४८ हजार ३०४ मतदाता रहेको बूढानीलकण्ठ नगरपालिकामा ३४ हजारभन्दा बढी मत खसेको थियो । काठमाडौँको उत्तरी क्षेत्र नुवाकोटसँग जोडिएको उक्त नगरपालिकामा १३ वडा रहेका छन् । 

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ९ : १८ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला