मधुवन नगरपालिकामा कांग्रेस विजयी « Khabarhub

मधुवन नगरपालिकामा कांग्रेस विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया : मधुवन नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरप्रमुखमा कांग्रेसका तेजबहादुर भाटले नेकपा (माओवादी केन्द्र) का लक्ष्मीप्रसाद शर्मालाई पराजित गरेका हुन् । भाटले आठ हजार ७७५ तथा शर्माले सात हजार ९३१ मत प्राप्त गरे । उपप्रमुखमा कांग्रेसकी अनिता चौधरीले आठ हजार ३३५ मत तथा माओवादी केन्द्रकी सुभद्रा चौधरीले सात हजार ८९९ मत प्राप्त गरिन् ।

त्यसैगरी बर्दियाको ठाकुरबाबा नगरपालिकाको प्रमुखमा कांग्रेस तथा उपप्रमुखमा एमाले विजयी भएको छ । नौ हजार ४२ मत प्राप्त गरी प्रमुखमा कांग्रेसका तिलकराम लम्साल विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेत्रराज आचार्यले ६ हजार ८१८ मत ल्याए । 

यस्तै ८ हजार १७६ मत ल्याएर उपप्रमुखमा एमालेकी बिना भट्टराई विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मञ्जुकुमारी चौधरीले सात हजार ६७४ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ९ : १७ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा