ललितपुरमा चिरीबाबुलाई १३ हजार ६४६ मत, बढाउँदै अग्रता | Khabarhub Khabarhub

ललितपुरमा चिरीबाबुलाई १३ हजार ६४६ मत, बढाउँदै अग्रता


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले आफ्नो अग्रता कायम राखेका छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले १३ हजार ६४६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ७ हजार ५१ मत ल्याएका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्टबहादुर महर्जनले १ हजार १ सय २० मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्य सबैभन्दा अगाडि छिन् । उनले ७ हजार २७८ मत ल्याएकी छिन् भने हालसम्म नेकपा माओवादी केन्द्रका बाबुराम बज्राचार्यले ५ हजार ४०४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी राप्रपाकी स्वर्णिमा शाक्यले हालसम्म २०२१ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ११ : २० बजे

‘नेपाल यसकारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले

इलाम अपडेटः एमाले- ८८९८, कांग्रेस- ६२८०, मतान्तर २६१८ (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा उच्च गतिको विद्युत प्रवाह हुँदा

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम