फ्रान्समा घरबाहिरका सार्वजनिक कार्यक्रममा प्रतिबन्ध « Khabarhub

फ्रान्समा घरबाहिरका सार्वजनिक कार्यक्रममा प्रतिबन्ध


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस – फ्रान्सका केही भागमा तापक्रममा उच्च बुद्धिसँगै ती क्षेत्रमा घरबाहिरका सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । बोर्डो वरपर गिरोन्डे विभागमा कन्सर्ट र ठूला सार्वजनिक जमघटहरू बन्द गरिएको छ ।

बिहीबार,फ्रान्सका केही भागहरू वर्षको सुरुमा ४० डिग्री सेल्सिय तापक्रम पुगेको थियो । ग्लोबल वार्मिङका कारण तीव्र गर्मीको अवधि लामो समयसम्म चल्ने वैज्ञानिकहरू बताउँछन् ।

स्पेन, इटाली र बेलायतमा पनि उच्च तापक्रम बढिरहेको छ । ताप लहर अन्त्य नभएसम्म गिरोन्डेमा सार्वजनिक कार्यक्रममा निषेध गरिएका अधिकारीहरूले बताएका छन् ।

वातानुकूलित नभएका ठाउँहरूमा घरभित्र गर्ने कार्यक्रमहरूमा पनि प्रतिबन्धित लगाइएको छ । निजी उत्सवहरू जस्तै विवाहमा भने अनुमति दिइनेछ । ‘सबैले अब स्वास्थ्य जोखिमको सामना गरिरहेका छन्’, स्थानीय अधिकारी फाबियन बुचियोले फ्रान्स ब्लु रेडियोलाई भने ।

फ्रान्सेली गृह मन्त्रालयले मानिसहरूलाई अत्यन्त सावधान रहन र घाममा बाहिर ननिस्कन चेतावनी दिएको छ ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १० : १५ बजे

राष्ट्रियसभा उपाध्यक्ष भण्डारी एमालेको सबै जिम्मेवारीबाट अलग

काठमाडौं– राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी नेकपा (एमाले) को सबै जिम्मेवारीबाट

राजदूतहरूसँग प्रधानमन्त्री शाहले : सन्तुलित र व्यवहारिक परराष्ट्र नीतिमा नेपाल विश्वास गर्छ

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच

कालिका नगरद्वारा अमेरिकाको फेयरफ्याक्स सिटीसँग सहकार्य प्रस्ताव

काठमाडौं– चितवनको कालिका नगरपालिकाले अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स सिटीसँग सहकार्यको प्रस्ताव

राष्ट्रियसभामा अख्तियारको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ– राष्ट्रियसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश भएको

उपसभामुखको निर्वाचन शुक्रबार गरिने

काठमाडौं– प्रतिनिधिसभाको उपसभामुख चयनका लागि चैत्र २७ गते शुक्रबार निर्वाचन