मापदण्ड विपरीत सञ्चालित स्विमिङ पुलको सेवा बन्द « Khabarhub

मापदण्ड विपरीत सञ्चालित स्विमिङ पुलको सेवा बन्द


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – जिल्ला प्रहरी कार्यालय भैरहवाले पौवा होटेलको स्विमिङ पुलको सेवा बन्द गरेको छ ।

शुक्रबार पौवा होटलस्थित स्विमिङ पुलमा डुबेर स्थानीय सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएपछि प्रशासनले मापदण्डहीन स्विमिङ पुल सञ्चालनमा रोक लगाएको हो ।

स्थानीय तथा परिवारले शनिबार बिहान जिल्ला प्रहरी कार्यालय पुगेर प्रशासनलाई घटनाबारे ध्यानाकर्षण गराएका थिए। होटेलबाट कुनै पनि प्रकारको सुरक्षाको काम नभएको भन्दै आक्रोशित परिवारले यस्ता घटना दोहोरिन नदिन सबै स्विमिङ पुल मापदण्ड पूरा गरेर मात्रै सञ्चालनमा ल्याउनु पर्ने माग गरेका छन् ।

मृतकको शव हाल भैरहवास्थित भीम अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । परिवार होटेल सञ्चालक र प्रहरीबीच छलफल जारी छ।

दुई साता अगाडि रातिको समयमा सोही ठाँउमा एक युवाको डुबेर मृत्यु भएको थियो ।

 

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १२ : ०० बजे

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित