बजेट पूर्व भरतपुर महानगरले गर्‍यो तीनै तहका सरकार, विज्ञ र स्थानीयसँग छलफल | Khabarhub Khabarhub

बजेट पूर्व भरतपुर महानगरले गर्‍यो तीनै तहका सरकार, विज्ञ र स्थानीयसँग छलफल


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – भरतपुर महानगरपालिकाले आगामी पाँच वर्षमा गर्ने कार्यका बारेमा तीन तहका सरकार, विज्ञ र स्थानीयसँग छलफल गरेको छ । आगामी आर्थिक वर्षको बजेट आउनुपूर्व गरिएको छलफलका सुझावलाई महानगरको नीति र बजेटमा नै समेट्ने गरी कार्यक्रम आयोजना गरिएको हो ।

छलफलमा सहभागी भएका पूर्वप्रधानमन्त्री, मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सचिव, महानिर्देशक र कार्यकारी निर्देशकले आफू मातहतका निकायमार्फत महानगरको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकै उपस्थितिमा ती प्रतिबद्धता सार्वजनिक भएका हुन् । भरतपुर महानगरपालिकाले नीति तथा कार्यक्रम र बजेट यही असार १० गते ल्याउँदै छ ।

मेयर रेनु दाहालले तीन तहका सरकार, विज्ञ, स्थानीय सरोकारवालाको सहभागितामा गरिएको कार्यक्रममा प्राप्त सुझावलाई नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिने बताइन् । उनले भनिन्, ‘अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विकास योजनाका लागि छलफल प्रभावकारी भयो ।’ नेपालमा कुनै पनि पालिकाले बजेट पूर्व यो ढङ्गको कार्यक्रम नगरेको भन्दै उनले थपिन्, ‘हामीले तीन तहका सरकारका कार्यक्रम नजुध्ने गरी योजनाबद्ध विकासका लागि छलफल चलाएका हौँ ।’

विगतमा भएका उपलीब्धको समीक्षा गर्दै राम्रो कामलाई संस्थागतरुपमा अघि बढाउने र कमीकमजोरीलाई शिक्षाका रुपमा लिएर अघि बढ्ने उनको भनाइ छ । महानगरले विगतदेखि सञ्चालनमा रहेका महत्वपूर्ण आयोजना सम्पन्न गर्ने र नयाँ आयोजना अघि बढाउने गरी छलफल चलाइएको उनले बताए । दाहालले आफ्नो निर्वाचनको समयमा घोषणापत्रमा समावेश गरिएका महत्वपूर्ण कार्यक्रमलाई आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने गरी योजना सुनाइन् ।

महानगरका उपप्रमुख चित्रसेन अधिकारीले देशका प्रबुद्ध व्यक्तित्वको सुझावलाई आत्मसात् गर्दै बजेट निर्माण गरिने बताए । कतिपय विषयलाई अहिलेकै बजेटमा समेट्न सकिने भन्दै उहाँले कतिपय योजना बहुवर्षीयरुपमा अघि बढाउनुपर्ने रहेको बताए । उनले भने, ‘केन्द्र, प्रदेशबाट योजना ल्याउन कार्यक्रम फलदायी भएको छ ।’

महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले छलफलले स्थानीय आवश्यकता र महानगरको योजनाबारे जनसमक्ष पुगेको भन्दै जनतालाई महानगरप्रति अपनत्व बढेको बताए । खुलारुपमा समस्या र स्रोतबारे जनसमक्ष पुगेको उनको भनाइ छ । सरोकारवालाबाट प्राप्त भएको सुझावका आधारमा योजना तय गर्ने भन्दै उनले भने, ‘सङ्घ, प्रदेश र स्थानीय योजना तादम्यता यसबाट हुने भयो ।’ विकास योजनाका समस्याको पहिचान भएको भन्दै उहाँले सङ्घ र प्रदेशबाट प्राप्त हुने बजेट थप हुने विश्वास व्यक्त गरे । उनले भने, ‘हाम्रो सङ्घ र प्रदेशसँगको सम्बन्धलाई पनि यसले बढाएको छ ।’

महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्यालले यो कार्यक्रमले महानगरको बजेट तर्जुमा गर्न सहज भएको बताए । उनले भने, ‘सबै पालिकाले यही ढङ्गको छलफल गरेर बजेट निर्माण गर्नसकेमा उपलब्धिपूर्ण हुन्छ ।’ विगतमा पनि महानगरपालिकाले समय समयमा यस्ता छलफल चलाएर योजना तर्जुमा गरेकै कारण विकासले गति लिएको उहाँको भनाइ छ ।

पूर्वप्रधानमन्त्री प्रचण्ड, ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री पम्फा भुसाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ, बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल, अर्थसचिव मधुकर मरासिनी, भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारी, सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, प्रदेश योजना आयोगका उपाध्यक्ष कृष्ण पन्त सहभागी थिए । स्थानीय र विज्ञका सुझाव पनि समेटिएको थियो ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १२ : ३० बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः