५० शैय्याको अर्घाखाँची अस्पतालमा दरबन्दीका एउटै चिकित्सक छैनन् « Khabarhub

५० शैय्याको अर्घाखाँची अस्पतालमा दरबन्दीका एउटै चिकित्सक छैनन्


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– कोभिडको चापाचाप थियो । अक्सिजनको अभावमा कोभिड बिरामीहरूले ज्यान गुमाउनु पर्ने अवस्था आएपछि अक्सिजन प्लान्ट निर्माणको लागि जिल्लास्तरमा स्वतस्फुर्त रकम संकलन सुरु भयो । यही बेला प्रदेश सरकारले अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्ट ल्याइदियो ।  गत २६ साउनमै अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्ट जडान गरे पनि एक वर्ष पुग्नै लाग्दासम्म पनि अक्सिजन उत्पादन भने भएको छैन ।

यो त एउटा प्रतिनिधि घटना मात्रै हो । तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा। कपिल गौतमको सक्रियताका बेला मुहार फेरेको अर्घाखाँची अस्पताल यतिबेला पुरानै स्वरुपमा फर्किएको छ । डा। गौतमको कार्यकालमा अक्सिजन प्लान्ट मात्र होइन, थाइराइड परीक्षण, २४ घण्टा टिकट काउन्टर, सिसीटीभी क्यामेरा, टोकन मेसिन, दन्त परीक्षण सेवासहितका विभिन्न सेवा थपिएका थिए । तर, अहिले ति सबै सेवा भएर पनि नभएको जस्तै छ ।

अस्पतालका १२ वटा सिसीटीभी क्यामेरामध्ये अहिले एउटैले काम गर्दैनन्, बिरामीलाई लाइनमा बस्न समस्या नहोस् भनेर सुुरु गरेको टोकन मेसिन बन्द भएको धेरै भइसक्यो, टिकट लिइसकेपछि नम्बर लेखाउन गार्ड खोज्दै हिँड्नु पर्ने अवस्था छ ।  हरेक शाखा तथा वार्डमा राखिएका डिजिटल बोर्ड कुनैले पनि काम गर्दैनन् भने शौचालयमा बत्ती बल्न छोडेको त महिनौँ भइसक्यो ।

शैय्याको अस्पतालमा दरबन्दीका डाक्टर शून्य
५० शैय्याको अर्घाखाँची अस्पतालमा १६ जना डाक्टरको दरबन्दी छ । नौ जना विशेषज्ञ र सात जना एमबीबीएस डाक्टरको दरबन्दी भए पनि अहिले अस्पतालमा एक जना पनि डाक्टर छैनन् ।
एक जना मेडिकल सुपरिटेन्डेन्ट, छात्रवृत्तिमा आएका तीन जना र एक जना निक साइमन्सको सहयोगमा आएका डाक्टरले अस्पताल धानिरहेका छन् ।

दरबन्दी अनुसारका डाक्टर नहुँदा बिरामीहरू ओपीडीमा उपचारको लागि घण्टाैँ लाइन लाग्नु पर्ने अवस्था छ भने इमरजेन्सीमा पुगेका बिरामीले समेत डाक्टरको अनुहार हेर्न लामै समय कुर्नु पर्छ । जसका कारण अर्घाखाँची जिल्लावासी उपचार सेवा पाउनबाट बञ्चित भएका छन् । 

सम्पर्कविहीन कार्यालय प्रमुख
‘०७७–४२०२५७’ अर्घाखाँची अस्पतालको आधिकारिक टेलिफोन नम्बर यही हो । अस्पतालका प्रमुखको नम्बर पनि सार्वजनिक जत्तिकै छ । तर, यी दुवै फोन कहिल्यै उठ्दैनन् ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १ : ४६ बजे

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई