५० शैय्याको अर्घाखाँची अस्पतालमा दरबन्दीका एउटै चिकित्सक छैनन् « Khabarhub

५० शैय्याको अर्घाखाँची अस्पतालमा दरबन्दीका एउटै चिकित्सक छैनन्


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– कोभिडको चापाचाप थियो । अक्सिजनको अभावमा कोभिड बिरामीहरूले ज्यान गुमाउनु पर्ने अवस्था आएपछि अक्सिजन प्लान्ट निर्माणको लागि जिल्लास्तरमा स्वतस्फुर्त रकम संकलन सुरु भयो । यही बेला प्रदेश सरकारले अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्ट ल्याइदियो ।  गत २६ साउनमै अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्ट जडान गरे पनि एक वर्ष पुग्नै लाग्दासम्म पनि अक्सिजन उत्पादन भने भएको छैन ।

यो त एउटा प्रतिनिधि घटना मात्रै हो । तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा। कपिल गौतमको सक्रियताका बेला मुहार फेरेको अर्घाखाँची अस्पताल यतिबेला पुरानै स्वरुपमा फर्किएको छ । डा। गौतमको कार्यकालमा अक्सिजन प्लान्ट मात्र होइन, थाइराइड परीक्षण, २४ घण्टा टिकट काउन्टर, सिसीटीभी क्यामेरा, टोकन मेसिन, दन्त परीक्षण सेवासहितका विभिन्न सेवा थपिएका थिए । तर, अहिले ति सबै सेवा भएर पनि नभएको जस्तै छ ।

अस्पतालका १२ वटा सिसीटीभी क्यामेरामध्ये अहिले एउटैले काम गर्दैनन्, बिरामीलाई लाइनमा बस्न समस्या नहोस् भनेर सुुरु गरेको टोकन मेसिन बन्द भएको धेरै भइसक्यो, टिकट लिइसकेपछि नम्बर लेखाउन गार्ड खोज्दै हिँड्नु पर्ने अवस्था छ ।  हरेक शाखा तथा वार्डमा राखिएका डिजिटल बोर्ड कुनैले पनि काम गर्दैनन् भने शौचालयमा बत्ती बल्न छोडेको त महिनौँ भइसक्यो ।

शैय्याको अस्पतालमा दरबन्दीका डाक्टर शून्य
५० शैय्याको अर्घाखाँची अस्पतालमा १६ जना डाक्टरको दरबन्दी छ । नौ जना विशेषज्ञ र सात जना एमबीबीएस डाक्टरको दरबन्दी भए पनि अहिले अस्पतालमा एक जना पनि डाक्टर छैनन् ।
एक जना मेडिकल सुपरिटेन्डेन्ट, छात्रवृत्तिमा आएका तीन जना र एक जना निक साइमन्सको सहयोगमा आएका डाक्टरले अस्पताल धानिरहेका छन् ।

दरबन्दी अनुसारका डाक्टर नहुँदा बिरामीहरू ओपीडीमा उपचारको लागि घण्टाैँ लाइन लाग्नु पर्ने अवस्था छ भने इमरजेन्सीमा पुगेका बिरामीले समेत डाक्टरको अनुहार हेर्न लामै समय कुर्नु पर्छ । जसका कारण अर्घाखाँची जिल्लावासी उपचार सेवा पाउनबाट बञ्चित भएका छन् । 

सम्पर्कविहीन कार्यालय प्रमुख
‘०७७–४२०२५७’ अर्घाखाँची अस्पतालको आधिकारिक टेलिफोन नम्बर यही हो । अस्पतालका प्रमुखको नम्बर पनि सार्वजनिक जत्तिकै छ । तर, यी दुवै फोन कहिल्यै उठ्दैनन् ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १ : ४६ बजे

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का