लयमा फर्किएलान् त आर्यन ?  | Khabarhub Khabarhub

लयमा फर्किएलान् त आर्यन ? 


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  आर्यन सिग्देल, नेपाली फिल्मका लागि चकलेटी हिरो । उनले फिल्म  ‘किस्मत’ मार्फत यसक्षेत्रमा डेब्यु गरे । डेब्यु फिल्ममा उनलाई लभरब्वाइकै रूपमा प्रस्तुत गरियो । जसमार्फत उनले सफलता पनि हासिल गरे । त्यसपछि उनले अधिकांश फिल्ममा लभरब्वाइकै क्यारेक्टरमा आफूलाई प्रस्तुत गरे । किनकी त्यो डिमाण्ड दर्शकसँगै निर्माता तथा निर्देशकको पनि थियो । उनी लभरब्वाईकै रुपमा प्रस्तुत भइरहे । दर्शकले उनलाई साथ दिइरहे । डेब्युभन्दा अगाडि धेरै संघर्ष गरेर रजतपटमा इन्ट्री गरेका आर्यनले आफ्नो स्टारडम जोगाउन सकेनन् भन्ने पनि छन्, फिल्मनगरीमा । किनकि उनको सफलता र असफलता श्रेय उनी आफैँलाई जान्छ । यसलाई उनी पनि स्वीकार्छन् पनि।

एक अन्तर्वार्ताको क्रममा आर्यनले आफ्नो साथीभाईलाई विश्वास गर्ने बानीले पनि केही प्रभाव पारेको स्वीकारे । ‘म अरुको कुरा कमै सुन्छु, साथीभाइलाई बढी विश्वास गर्छु’ आर्यनले भने, ‘म भावनामा डुब्छु, यसैले गर्दा पनि हुनसक्छ कहिले उकालो त कहिले ओरालो भयो करियर ।’ उनले आफ्नो सफलताको श्रेय आफ्नै कडा मेहनतलाई दिँदै असफलताको श्रेय पनि आफ्नै कमजोरीलाई दिन्छन् । आर्यनले केही फिल्ममा भूमिकालाई परिवर्तन गर्न खोजेका थिए, तर सफल भएनन् । नाइके, अलबिदा लगायतका फिल्ममा उनी फेरिन चाहेका थिए । ‘टाइप कास्ट’ लाई तोड्दै निस्किन पनि खोजे । यद्यपि दर्शकले लभरब्वाईमै हेर्न चाहे ।

उनको अभिनयसँगै लेखन र निर्माणसमेत रहेको फिल्म ‘कायरा’ ले ठीकठाक व्यापार गर्‍यो । त्यसो त उनले ‘कायरा’ अगाडिको फिल्म  ‘रुद्रप्रिया’ पनि आफूलाई सिम्पल ब्वाइको रूपमा प्रस्तुत गरेका थिए । तर, त्यसको जति चर्चा भयो, आर्यनको क्यारेक्टर त्यति नै कमजोर रहेको उनले प्रतिक्रिया पनि पाए । त्यसपछि उनले हजार जुनीसम्म , च च हुइ लगायतका फिल्ममा काम गरे । यद्यपि त्यसले सफलता दिलाउन सकेन । कुनै समय ‘अर्जुन रेड्डी’ लाई नेपालमा रिमेक गर्न पनि उनले मेहनत गरेका थिए । त्यतिबेला भारतमा ‘कबीर सिंह’ बनिसकेको थिएन । यद्यपि नेपाली निर्माताहरूलाई स्क्रिप्टको सम्झ नभएपछि त्यो फिल्म बन्न सकेन । 

त्यसपछि आर्यनले त्यो स्क्रिप्ट छाडे । यिनै आर्यन अभिनीत डिसेम्बर फल्स, म राजेश हमाल लगायतका प्रदर्शनको पर्खाइमा छन् । उनी आफूलाई फरक फरक भूमिकामा दर्शकमाझ प्रस्तुत हुँदैछन् । तर, यी फिल्म कहिले हलमा आउने टुंगो छैन । केही समय यता उनले दिनेश राउतको फिल्ममा अभिनय गर्न लागेको चर्चा पनि चलिरहेको छ । यद्यपि त्यसले पनि मूर्तरूप पाउन सकेको छैन । आर्यनको लागि यो समयमा भरपर्दो निर्देशक दिनेश नै हुन् । तर, पनि यी दुईको सहकार्य जुट्न सकेको छैन । दिनेशलाई आइएम सरी, नोभेम्बर रेन, क्लासिक जस्ता फिल्मसम्म ल्याउने श्रेय आर्यनलाई नै जान्छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  २ : १८ बजे

भारतविरुद्ध अष्ट्रेलियाको रोमाञ्चक जित, म्याक्सवेलको शतक

काठमाडौं – टि–२० सिरिज अन्तर्गत तेस्रो खेलमा अष्ट्रेलियाले भारतविरुद्ध रोमाञ्चक

बागमती र पशुपति क्षेत्रलाई स्वच्छ बनाउन छलफल

काठमाडौं – शिवपुरीदेखि बग्दै आएको बागमती नदी र नदी तटमा

उत्तराखण्डको सुरुङमा १७ दिनदेखि फसेका ४१ मजदुरको सकुशल उद्धार

उत्तराखण्ड – विगत १७ दिनदेखि भारतको उत्तरकाशी सुरुङमा फसेका ४१

कानुनमा साना उद्योग प्रवर्द्धनको व्यवस्था गर्न माग

काठमाडौं– लघु घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्न औद्योगिक व्यवसाय

‘केपी ओली कप राष्ट्रिय क्रिकेट’को सेमिफाइनल समीकरण पूरा

कास्की – पोखरामा जारी ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’