एसपीपीको सत्य तथ्य बाहिर ल्याउनुपर्छ : अध्यक्ष नेपाल | Khabarhub Khabarhub

एसपीपीको सत्य तथ्य बाहिर ल्याउनुपर्छ : अध्यक्ष नेपाल


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्ता गठबन्धन दलले ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी ) का विषयमा प्रधानमन्त्री शेर बहादुर देउवासँग छलफल गर्ने भएका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले माओवादी अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र आफूबिच शनिबार छलफल भएको र एसपीपी का बारेमा प्रधानमन्त्री देउवासँग छलफल गर्ने निष्कर्ष निकालिएको जानकारी दिए।

शनिबार पार्टीको युवा विशेष जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा नेपालले एसपीपी सम्झौता नगर्ने यसअघि नै प्रधानमन्त्रीले स्पष्ट पारे पनि यसको चर्चा परिचर्चा धेरै भएकाले पुन छलफल गर्ने बताए। अध्यक्ष नेपालले राष्ट्रिय अन्योललाई चिर्दै एसपीपीको सत्य तथ्य बाहिर ल्याउनुपर्ने उल्लेख गरे।

एसपीपीमा धेरै बहस भएपछि खोज्दै जाँदा संसदमा यस विषयमा हङ्गामा मनाउने दल नै जोडिएको कुरा आएको उनले बताए ।  त्यस्तै उनले सरकार र सेनाको धारणा बुझ्दा एसपीपी अगाडि नबढ्ने विषय पक्कापक्की भएको धारणा राखे।

उनले देशभक्तिको झन्डा र लोकतन्त्रको झन्डालाई आफ्ना पार्टीले कहिल्यै नछाड्ने स्पष्ट पारे।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ३ : ५० बजे

कक्षा १२ को परीक्षाफल : प्रमाणपत्र लिन, पुनर्योग गर्न र त्रुटि सच्याउन के गर्ने ?

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले २०८२ वैशाख २१ देखि जेठ

महाकालीमा बहाव बढेपछि सतर्कता अपनाउन आग्रह

खलङ्गा– भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको

‘कुलिङ पिरियड’ विवादमा रामहरिको प्रतिक्रिया : मैले गल्ती गरेको छैन, सभापतिका रूपमा जिम्मेवारी लिन्छु

काठमाडौं– नेपाली कांग्रेसका सांसद तथा संसदीय राज्य व्यवस्था तथा सुशासन

कागतीले उचित बजार नपाउँदा किसान मारमा

झापा– धानखेत मासेर छ वर्षअघि देखि कागतीखेती गरिरहेका गौरादह नगरपालिका-४

बबई नदीमा जलसतहले खतराको तह पार गर्‍यो

काठमाडौं– बबई नदीमा जलसतहले खतराको तह पार गरेको छ ।