आइसिटीको विकासलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्छ :  उपराष्ट्रपति  « Khabarhub

आइसिटीको विकासलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्छ :  उपराष्ट्रपति 


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चार तथा सूचना प्रविधिको विकासलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

आइसिटी फाउण्डेशन नेपालले यहाँ आज आयोजना गरेको ‘हुवावे डिजिटल नेपाल कम्क्लेभ इन एसोशियसन वीथ इन्फो डेभलपर्स एण्ड कनेक्टेड बाई एनसेल’ विषयक कार्यक्रममा उनले आइसिटी क्षेत्रको तीव्र विकासका निम्ति राज्यले योजनाबद्ध रुपमा कार्य अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

डिजिटल रूपान्तरण भनेको विकास र समृद्धिको पनि रूपान्तरण भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले सरकारले सार्वजनिक गरेको डिजिटल नेपाल फ्रेमवर्कको सपना पूरा गर्ने लक्ष्यअनुरूप गतिविधि अगाडि बढाउनुपर्नेमा जोड दिए।

आइसिटीको विकाससँगै सम्भावना, चुनौती र व्यवस्थापनको पक्षमा व्यवस्थित ढङ्गले अगाडि बढ्नुपर्ने र त्यसका निम्ति आवश्यक पर्ने सामग्रीको आविष्कार र उत्पादन पनि नेपालमै गर्ने प्रयास गर्नुपर्ने उपराष्ट्रपति पुनको भनाइ छ ।  इन्टरनेटका माध्यमबाट जनतालाई सर्वसुलभ सेवा प्रदान गर्नुपर्ने भन्दै उनले सुशासनसँगै पूर्ण रुपमा डिजिटल गर्भमेन्ट हुनुपर्ने जोड दिए।

उपराष्ट्रपति पुनले भने, “वर्तमान युग सूचना तथा प्रविधिको युग हो, संसार डिजिटलमय हुँदै गर्दा आइसिटी नेपालीको पनि दैनिकी भइसकेको छ, नेपालले उच्च गतिको इन्टरनेट सेवा प्राप्त गरिरहेको छ, सूचना प्रविधिका कारण जुनसुकै काम पनि छिटो छरितो हुँदै गएको छ ।”

दैनिक जीवनसँगै सरकारी सेवालाई सरल, सहज र जनमुखी बनाउन प्रविधिको उच्चतम प्रयोग गर्नुको विकल्प नरहेको उल्लेख गर्दै उनले तत्कालका लागि विश्वमा विकसित भएका विज्ञान प्रविधिको उच्चतम प्रयोगबाट नै कार्य सम्पन्न गर्दै त्यसलाई नेपालका सबै सहर र गाउँसम्म पुर्‍याउन तीनै तहका सरकारको सक्रियता हुनुपर्ने उनले बताए।

नेपाल आफैँले विज्ञान प्रविधिको विकास नगरेसम्म अन्य क्षेत्रको विकास हुन नसक्ने उपराष्ट्रपति पुनको भनाइ छ । “आज जुनसुकै मुलुक समृद्ध बनेका छन्, ती सबै मुलुकले कुनै न कुनै खालको विज्ञान र प्रविधिको आविष्कार गरेका छन्, विज्ञान प्रविधिको आविष्कार गर्न नसकेका हामी जस्ता अल्पविकसित अवस्थामा छौँ, मुलुकलाई समृद्धितर्फ लैजान विकास प्रविधिको आविष्कार आवश्यक छ”, उनले भने।

देशलाई डिजिटलमय बनाउन जलविद्युत्, पर्यटन, कृषि र सूचना प्रविधि र उद्योगलाई समुन्नत नेपालको आधार स्तम्भका रूपमा विकास गर्न सकिने थुप्रै सम्भावना रहेको उपराष्ट्रपति पुनको भनाइ छ । सोल्टीमोडस्थित दी सोल्टी होटेलमा आइतबारसम्म सञ्चालन हुने सो कार्यक्रममा नेपालको सूचना प्रविधिका क्षेत्रको विकास र विस्तारका लागि नीतिगत तथा कार्यान्वयनको विश्लेषण र भावी कदमबारे छलफल हुनेछ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ६ : १६ बजे

राष्ट्रियसभाको बैठक सुरु 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको आजको

ग्यास पाउनु भएन, यो नम्बरमा फोन गर्नुस्

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको सचिवालयले बजारमा

सुनसान पोखराको सहिद पार्क (तस्बिरहरू) 

पोखरा– आजभन्दा आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए

५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आर्थिक वर्ष २०८२-८३ मा ५७ करोड १५ लाखभन्दा बढी

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य