भोर्लेटारको लालीगुराँस सहकारीबाट पाँच लाख ९३ हजार चोरी « Khabarhub

भोर्लेटारको लालीगुराँस सहकारीबाट पाँच लाख ९३ हजार चोरी


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– मध्यनेपाल नगरपालिका वडा ६ भोर्लेटारमा रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यालयबाट ५ लाख ९३ हजार रुपैयाँ र चेक चोरी भएको छ । इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार सहकारी संस्थाको ५ लाख ९३ हजार नगद र ४ लाख ५३ हजार बराबरको चेक पनि चोरी भएको हो ।

रातको मौका छोपी अज्ञात व्यक्तिको समूहले चोरी गरेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार सहकारीसँगै एक फेन्सी पसल र एक किराना पसलमा पनि चोरी भएको छ । प्रदीप खड्काले सञ्चालन गरेको सुप्रिया फेन्सीबाट ७० हजार र सिताराम रानाभाटले सञ्चालन गरेको किराना पसलबाट ११ हजार नगद चोरी भएको प्रहरीले जनाएको छ ।

असार १ गते बुधबार राति अन्दाजी १२ बजेको समयमा अज्ञात व्यक्तिबाट कार्यालयको ताला फोडी नगद र चेक चोरी भएको प्रहरीले जनाएको छ । चोरीको घटनालाई लिएर प्रहरीमा आएको निवेदनको आधारमा अनुसन्धान भइहेको प्रहरीले जनाएको छ । अन्य केही व्यक्तिको घरमा समेत चोरी भएको भन्ने सुन्नमा आए पनि जिल्ला बाहिर रहेकाले निवेदन भने प्राप्त नभएको प्रहरीले जनाएको छ । 

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेमलाल श्रेष्ठले घटनाको यथाशीघ्र छानबिन एवं अनुसन्धान गरी दोषीको पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न प्रहरी प्रशासन लगायत सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ७ : ५४ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको