कांग्रेसले गरेका विकासको प्रचार हुन सकेन : वरिष्ठ नेता पौडेल « Khabarhub

कांग्रेसले गरेका विकासको प्रचार हुन सकेन : वरिष्ठ नेता पौडेल


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसकै कारण तनहुँ जिल्लामा उल्लेख्य विकास भए पनि प्रचार गर्न नसकिएको बताएका छन् । तनहुँको व्यास नगरपालिका–११ रानीगाउँमा आज आयोजित युवा अग्रजहरूसँगको भेटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले गरेको विकासलाई प्रचार गर्न नसक्दा पछि परेको उल्लेख गरे।

“यति धेरै भौतिक संरचना बनेका छन्, तनहुँवासीको आर्थिक उन्नति, रोजगारी सिर्जना भएको छ, तर कांग्रेसले गरेको हो भनेर प्रचार गर्न सकेनौँ”, पौडेलले भने। वरिष्ठ नेता पौडेलले कांग्रेसकै कारण जिल्लामा उल्लेख्य विकास भएको दाबी गरे।

विसं २०४७ सम्म पृथ्वीराजमार्गबाहेक बाटोको पहुँच नभएको जिल्लामा कांग्रेसकै कारण बाटोघाटोमा ठूलो विकास भएको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले भने, “शिक्षा, स्वास्थ्य, खानेपानीलगायतमा पनि हाम्रो ठूलो लगानी छ ।”

वरिष्ठ नेता पौडेलले गत निर्वाचनबाट केपी शर्मा ओलीको सरकारलाई देश बनाउनका लागि पाँच वर्षको म्याण्डेट दिइए पनि आपसी द्वन्द्वका कारण सरकार परिवर्तन भएको उल्लेख गरे। “देशको विकास होस् भन्ने हाम्रो पनि चाहना थियो, तर उहाँहरूकै झगडाका कारण कांग्रेस नेतृत्वमा सरकार बनेको छ”, पौडेलले भने।

वरिष्ठ नेता पौडेलले कांग्रेस कमजोर हुनुमा कांग्रेसले जनताको चाहनाअनुसार काम नगर्नु मुख्य कारण रहेको बताउँदै भने, “कम्युनिष्टहरू मिलेका कारण पनि कांग्रेस कमजोर भयो, तर जनताको चाहनाअनुसार काम गर्न सकिए कांग्रेस एक्लै बलियो हुन्छ ।”

संविधान निर्माणका लागि कांग्रेसको योगदानलाई जनताले भुल्न नसक्ने बताउँदै उनले भने, “माओवादीलाई शान्तिपूर्ण प्रक्रियामा ल्याउन मेरो ठूलो भूमिका छ ।” वरिष्ठ नेता पौडेलले उत्पादनमुखी हुनुपर्नेमा जोड दिँदै खेत मासेर घर बनाउने कार्य नगर्न सुझाव दिए। कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्मा, व्यास नगरपालिकाका पूर्वप्रमुख ताराप्रसाद श्रेष्ठलगायतले बोलेका थिए।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ७ : ३० बजे

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको