रक्तदाता बढेपछि दाङमा रगत अभाव सहज « Khabarhub

रक्तदाता बढेपछि दाङमा रगत अभाव सहज


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा रगत अभाव सहज गएको छ । जिल्लामा पछिल्लो समय रक्तदाता बढ्दै गएपछि रगतको आपूर्तिमा सहजता आएको हो ।

मासिक रुपमा जिल्लामा बिरामीका लागि ४ सयदेखि ४५० युनिटसम्म रगतको माग हुने गरेकोमा सोही अनुसारको रगत आपूर्ति भइरहेको रक्तसञ्चार केन्द्र दाङका प्रमुख दिलीप न्यौपानेले बताए । ‘जिल्लामा संस्थागतरुपमा रगत दान गर्नेहरूको संख्या बढेको छ,’ उनले भने, ‘रक्तदाता बढेपछि अहिले जिल्लामा माग अनुसार रगतको माग धान्न सकिएको छ ।’

प्रमुख न्यौपानेका अनुसार जिल्लामा दैनिकरुपमा करिब १ सय जनाले संस्थागतरुपमा रक्तदान गर्ने गरेका छन् ।

‘व्यक्तिगतरुपमा भन्दा संस्थागतरुपमा रगत दान गर्नेहरू बढेका छन्,’ उनले भने, ‘सरदर अनुपातमा एक सय जनाले रक्तदान गर्दा माग अनुसार र आपूर्ति पनि सहज भएको छ ।’ एक महिना अघि निर्वाचनको समयमा रगतको अभाव रहेकोमा पछिल्लो समय रगतको माग सहज बनेको हो ।

रगतको माग बढ्दै गएको गएको अवस्थामा रक्तदाता पनि बढेको प्रमुख न्यौपानेले बताए । ‘रगतको माग गत वर्षको तुलनामा बढेको छ, तर माग अनुसारको रक्तदाता पनि बढ्दा खुसी लागेको छ,’ उनले भने,‘रगत पर्याप्त हुँदा खेरी हामीहरूलाई व्यवस्थापनमा सहज भएको छ, यसका लागि रक्तदाता र विषेशगरी रक्तदानका लागि आयोजना गर्ने संघसंस्था प्रति आभारी छौँ ।’

जिल्लामा घोराहीसहित रक्त सञ्चार केन्द्र तुलसीपुर र लमही केन्द्रबाट रगत संकलन हुने गरेको छ । तीन वटै केन्द्रमा माग अनुसारको रगत आपूर्ति हुने गरेको केन्द्र प्रमुख न्यौपानेले बताए । ‘पछिल्लो समय दैनिक २/३ वटा संघसंस्थाले रक्तदान कार्यक्रम गर्ने गरेका छन्,’ उनले भने, ‘एउटा संघसंस्थाबाट २० बढीले जनाले रगत दान गर्ने गरेका छन् ।’

जिल्लामा माग अनुसारको रगत आपूर्ति हुन नसकेको खबर यसअघि सञ्चारमाध्यममा आएपछि रगत आपूर्तिमा सहज बनेको उनले बताए । ‘रगतको आपूर्ति सहजमा सञ्चारमाध्यम र सञ्चारकर्मीले महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ ।’ उनले भने, ‘रक्तदाता बढेपछि रगतको माग धान्न सकिएको छ ।’

नेपाल रेडक्रस सोसाइटी दाङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम हुने गरेको छ । रक्तदानका लागि संघसंस्थाले रक्त सञ्चार केन्द्रलाई अनुरोध गरेपछि स्थलगतरुपमै पुगेर रगत संकलन गर्ने गरेको प्रमुख न्यौपानेले बताए । ‘रगत संकलन गर्न हामीहरू स्थलगतरुपमै पुग्ने गरेका छौँ,’ उनले भने, ‘यदि कुनै संघसंस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेपछि हामी कार्यक्रम आयोजनास्थलमै पुगेर रगत संकलन गरिरहेका छौँ ।’

संघसंस्थाले विभिन्न समयमा रक्तदान कार्यक्रमको आयोजना गरेपछि रगतको माग सहज बनेको हो । यस्तै कतिपय व्यक्तिले जन्मदिनको अवसरमा पनि रक्तदान गर्ने गरेका छन् भने कतिपयले नियमितरुपमा रक्तदान गरिरहेका छन् । रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख न्यौपानेका अनुसार जिल्लामा अहिले करिब २० जना व्यक्तिले नियमितरुपमा रक्तदान गर्ने गरेका छन् ।

पछिल्लो समय माग अनुसारको रगतको आपूर्ति सहज भए पनि केही रगत अभाव हुने गरेको राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विनोद सिंहले बताए । ‘अस्पतालमा अरू भन्दा नेगेटिभ ग्रुपको रगत अलि अभाव हुने गरेको छ,’ उनले भने,‘अरू ग्रुपको रगत त पाइराखेका छौँ ।’अस्पतालमा रगतको माग पछिल्लो समय बढेको उनले बताए । ‘रगतको माग त दिनप्रतिदिन बढ्दो छ ।’

अस्पतालमा डायलाइसीस सेवा सुरु भएपछि रगतको माग बढी हुने गरेको मेसु सिंहले बताए । ‘अस्पतालमा मिर्गौलाको डायलाइसीस सेवा सुरु भएपछि रगतको माग उच्च भएको छ,’ उनले भने, ‘प्रसूतिका लागि पनि रगतको माग हुन्छ, त्यसकारण पनि अन्य ठाउँको तुलनामा राप्ती प्रादेशिक अस्पतालमा रगतको माग बढी हुने गरेको छ ।’

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १० : ५९ बजे

ग्यास पाउनु भएन, यो नम्बरमा फोन गर्नुस्

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको सचिवालयले बजारमा

सुनसान पोखराको सहिद पार्क (तस्बिरहरू) 

पोखरा– आजभन्दा आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए

५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आर्थिक वर्ष २०८२-८३ मा ५७ करोड १५ लाखभन्दा बढी

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य

दुर्गा प्रसाईँलाई सर्वमान्य नेताको जिम्मेवारी दिन्छौँ : धवल शमशेर

काठमाडौं– जय नेपाल पार्टी गठनको तयारी गरेका नेता डा. धवलशमशेर