‘जलविद्युतको शक्तिः सेतो सुन’ विषयक कार्यशाला गोष्ठी काठमाडौंमा हुने | Khabarhub Khabarhub

‘जलविद्युतको शक्तिः सेतो सुन’ विषयक कार्यशाला गोष्ठी काठमाडौंमा हुने


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  आगामी असार दोस्रो साता राजधानीमा ‘जलविद्युतको शक्तिः सेतो सुन’ विषयक कार्यशाला गोष्ठी (सिम्पोसियम अन पावर अफ हाइड्रोपावर : ह्वाइट गोल्ड) आयोजना हुने भएको छ ।

नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा) ले असार १२ गते आइतबार राजधानीको जमलस्थित एक होटेलमा  गोष्ठीको आयोजना गर्ने भएको हो । गोष्ठीमा जलविद्युत क्षेत्रसँग सम्बन्धित उद्यमी, लगानीकर्ता, बैंकर, बीमक, विवाद मध्यस्थकर्ता, बीमा नियमनकारी निकाय, क्षति मूल्याङ्कनकर्ता लगायतसँग विस्तृत छलफल र अन्तरक्रिया हुने एसोसिएसनले जनाएको छ ।

नेपालको अर्थतन्त्र विकासको लागि जलविद्युतले गर्न सक्ने योगदानलाई आत्मसाथ गर्दै कार्यशाला गोष्ठी आयोजना गर्न लागिएको एसोसिएसनका अध्यक्ष मोहनपुरुष ढकालले बताए । गोष्ठीले जलविद्युत क्षेत्रसँग सम्बन्धित लगानी गर्न चाहने उद्यमी, लगानीकर्ता तथा बैंकरहरु, लगानीको जोखिमलाई हस्तान्तरण गर्न चाहने र सो जोखिम रक्षावरण गर्न चाहने बीमक तथा पूर्नबीमक, भवितव्य भई क्षति भएमा क्षतिको मूल्याङ्कन गर्ने क्षति मूल्याङ्कनकर्ता, बीमा उद्योगमा कुनै विवाद उत्पन्न भएमा विवाद समाधान गर्ने मध्यस्थकर्ता, सम्पुर्ण लगानीकर्ताहरुको लगानी सुरक्षालाई बीमा क्षेत्रमा नियमन गर्ने नियमनकारी निकायबीचको अकर्मण्यताको निदान गर्न, असमझदारीको खाडल पुर्ति गर्न मार्ग निर्देशन गर्नुका साथै सम्बन्धित निकायलाई उपयुक्त नीति निर्माण गर्न सहायक भुमिका हुने उनले विश्वास व्यक्त गरे ।

जलविद्युत तथा उर्जा विकासकर्ताहरुलाई लक्षित गरी सो क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुलाई एकै स्थानमा राखी आ–आफ्नो ज्ञान आदान प्रदान तथा बृहत् छलफल र प्रस्तुति हुने आयोजकले जनाएको छ । पछिल्लो समय जलविद्युतको बीमाको विषयलाई लिएर समस्याहरु देखा परिरहेको बेला सर्भेयर एसोसिएसनले सरोकारवाला पक्षसँग एक दिने छलफल तथा अन्तरक्रिया गर्न लागेको हो । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले कार्यशाला गोष्ठीको उद्घाटन गर्ने एसोसिएसनले जनाएको छ ।

चार वटा सत्रमा सञ्चालन हुने गोष्ठीमा बीमा, जलविद्युत र सर्भेयरका तर्फबाट विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने र सोही प्रस्तुतिमा छलफल हुनेछ । एसोसिएसनले सम्पुर्ण निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, दाबी विभाग प्रमुख र मार्केटिङ विभाग प्रमुख, नियामक निकायदेखि सरोकारवाला निकायहरुलाई गोष्ठीमा सहभागिताका लागि आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ९ : ५३ बजे

पाकिस्तानी रेल अपहरण प्रकरण- आत्मघाती आक्रमणकारी पसेपछि उद्धारमा समस्या, कयौँको हत्या

इस्लामवाद- पाकिस्तानमा हतियारधारी पृथकतावादी समूहले मंगलबार यात्रुवाहक एउटा रेल नियन्त्रणमा

ग्रिनल्यान्डको संसदीय चुनावमा अति राष्ट्रवादी पार्टीलाई सबैभन्दा बढी मत

एजेन्सी – अति राष्ट्रवादी डेमोक्राटिट पार्टीले ग्रिनल्यान्डको संसदीय चुनावमा सबैभन्दा

शरीरमा आगो सल्किए कसरी आफूलाई जोगाउने ? यस्ता छन् उपाय

काठमाडौं– गत माघमा काठमाडौंको कमलपोखरीस्थित शानदार म:म पसलमा भएको ग्यास

अहिलेको सरकारले सुशासनका कुरा गर्न सुहाउँदैन : प्रभु साह

काठमाडौं- आमजनता पार्टीका अध्यक्ष प्रभु साहले अहिलेको सरकारले सुशासनको कुरा

नामिबियाद्वारा नेपाल सामू १२६ रनको लक्ष्य प्रस्तुत

काठमाडौं– यास्मिन खानको उत्कृष्ट ब्याटिङसँगै नामिबियाले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट