अफगानिस्तानमा सिख मन्दिरमा भएको आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा « Khabarhub

अफगानिस्तानमा सिख मन्दिरमा भएको आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानमा संयुक्त राष्ट्रसंघ मिसनले काबुलको सिख मन्दिरमा भएको आक्रमणको कडा निन्दा गरेको छ । उक्त आक्रमणमा धेरै जनाको हताहत भएको उल्लेख गरिएको छ ।

शनिबार काबुल शहरको एक गुरुद्वारामा अज्ञात आक्रमणकारीले आक्रमण गर्दा एक सिख र एक सुरक्षा गार्ड सहित कम्तीमा दुई नागरिकको मृत्यु भएको छ ।

‘युनामा काबुलको सिख मन्दिरमा गराइएको आक्रमणको कडा निन्दा गर्दछ जसमा धेरै हताहत भएको रिपोर्ट छ । गरिकहरूमाथिको आक्रमण तुरुन्तै बन्द हुनुपर्छ। संयुक्त राष्ट्रसंघ मिशनले अफगानिस्तानमा सिख, हजारा र सुफीहरू लगायत सबै अल्पसङ्ख्यकहरूको सुरक्षाको लागि आह्वान गर्दछ’ अफगानिस्तानमा राष्ट्रसंघीय सहायता मिशन (युनामा) ले विज्ञप्तिमा जनाएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले गुरुद्वारामा भएको ’कायरतापूर्ण हमला’ को निन्दा गर्दै भारतले काबुलमा भएका घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएका छन् ।

‘गुरुद्वारामा भएको कायरतापूर्ण आक्रमणको सबैले कडा शब्दमा निन्दा गर्नुपर्छ । आक्रमणको खबर प्राप्त भएदेखि हामीले घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं । हाम्रो पहिलो र प्रमुख चिन्ता समुदायको हितमा छ’ जयशंकरले ट्वीटमा लेखेका छन् ।

प्रारम्भिक प्रतिवेदन अनुसार काबुलमा गुरुद्वाराको गेट बाहिर विस्फोट भएको थियो जसमा कम्तिमा दुई जनाको मृत्यु भएको थियो । त्यसपछि कम्प्लेक्स भित्र र गुरुद्वारासँग जोडिएका केही पसलहरूबाट अर्को विस्फोटको आवाज सुनिएको अधिकारीले जनाएका छन् ।

अफगानिस्तानको समाचार टेलिभिजन च्यानल टोलो न्युजले सार्वजनिक गरेको फोटो र भिडियोहरूमा घटनास्थलबाट धुवाँको बाक्लो कालो मुस्लो निस्किरहेको देखिएको छ ।

काबुल गुरुद्वारा कम्प्लेक्समा प्रार्थनाका लागि करिब २५ देखि ३० जना मानिस उपस्थित थिए । त्यसै बेला आक्रमणकारीहरू गुरुद्वारा परिसरमा प्रवेश गरेका थिए । अफगानिस्तानका धार्मिक अल्पसंख्यकहरू अहिले आक्रमणको तारो बनेको टिप्पणी हुँदै आएका छन् ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ११ : २८ बजे

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले

पौवादुङमाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा