अफगानिस्तानमा सिख मन्दिरमा भएको आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा « Khabarhub

अफगानिस्तानमा सिख मन्दिरमा भएको आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानमा संयुक्त राष्ट्रसंघ मिसनले काबुलको सिख मन्दिरमा भएको आक्रमणको कडा निन्दा गरेको छ । उक्त आक्रमणमा धेरै जनाको हताहत भएको उल्लेख गरिएको छ ।

शनिबार काबुल शहरको एक गुरुद्वारामा अज्ञात आक्रमणकारीले आक्रमण गर्दा एक सिख र एक सुरक्षा गार्ड सहित कम्तीमा दुई नागरिकको मृत्यु भएको छ ।

‘युनामा काबुलको सिख मन्दिरमा गराइएको आक्रमणको कडा निन्दा गर्दछ जसमा धेरै हताहत भएको रिपोर्ट छ । गरिकहरूमाथिको आक्रमण तुरुन्तै बन्द हुनुपर्छ। संयुक्त राष्ट्रसंघ मिशनले अफगानिस्तानमा सिख, हजारा र सुफीहरू लगायत सबै अल्पसङ्ख्यकहरूको सुरक्षाको लागि आह्वान गर्दछ’ अफगानिस्तानमा राष्ट्रसंघीय सहायता मिशन (युनामा) ले विज्ञप्तिमा जनाएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले गुरुद्वारामा भएको ’कायरतापूर्ण हमला’ को निन्दा गर्दै भारतले काबुलमा भएका घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएका छन् ।

‘गुरुद्वारामा भएको कायरतापूर्ण आक्रमणको सबैले कडा शब्दमा निन्दा गर्नुपर्छ । आक्रमणको खबर प्राप्त भएदेखि हामीले घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं । हाम्रो पहिलो र प्रमुख चिन्ता समुदायको हितमा छ’ जयशंकरले ट्वीटमा लेखेका छन् ।

प्रारम्भिक प्रतिवेदन अनुसार काबुलमा गुरुद्वाराको गेट बाहिर विस्फोट भएको थियो जसमा कम्तिमा दुई जनाको मृत्यु भएको थियो । त्यसपछि कम्प्लेक्स भित्र र गुरुद्वारासँग जोडिएका केही पसलहरूबाट अर्को विस्फोटको आवाज सुनिएको अधिकारीले जनाएका छन् ।

अफगानिस्तानको समाचार टेलिभिजन च्यानल टोलो न्युजले सार्वजनिक गरेको फोटो र भिडियोहरूमा घटनास्थलबाट धुवाँको बाक्लो कालो मुस्लो निस्किरहेको देखिएको छ ।

काबुल गुरुद्वारा कम्प्लेक्समा प्रार्थनाका लागि करिब २५ देखि ३० जना मानिस उपस्थित थिए । त्यसै बेला आक्रमणकारीहरू गुरुद्वारा परिसरमा प्रवेश गरेका थिए । अफगानिस्तानका धार्मिक अल्पसंख्यकहरू अहिले आक्रमणको तारो बनेको टिप्पणी हुँदै आएका छन् ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ११ : २८ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक