बाढी प्रभावित बालबालिकाको संरक्षण योजनामा सहभागी हुन आह्वान « Khabarhub

बाढी प्रभावित बालबालिकाको संरक्षण योजनामा सहभागी हुन आह्वान


२८ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको संरक्षण, हेरचाह तथा स्याहार योजनामा सहभागी हुन परोपकारी सङ्घसंस्था तथा इच्छुक व्यक्तिसँग आवेदन आह्वान गरेको छ ।

परिषद्ले सार्वजनिक सूचना जारी गर्दै योजनामा सहभागी हुन चाहने सङ्घसंस्था तथा व्यक्तिलाई सम्बन्धित वडा कार्यालयमार्फत निवेदन पेस गर्न आग्रह गरेको हो ।

परिषद्का अनुसार बाढीबाट रसुवा र नुवाकोटका ५८४ जना बालबालिका प्रभावित भएका छन् । योजनामा १८ वर्षमुनिका बालबालिकालाई मात्र समावेश गरिनेछ ।

बाढीका कारण बालबालिका स्वयं वा उनीहरूका संरक्षक घाइते भई उचित संरक्षण पाउन नसकेका तथा बालबालिकासम्बन्धी ऐन, २०७५ बमोजिम विशेष संरक्षणको आवश्यकता भएका बालबालिकालाई पनि योजनामा समेटिने परिषद्ले जनाएको छ ।

बाढीका कारण अभिभावक गुमाएका तथा परिवारबाट विस्थापित भएका बालबालिकाको संरक्षण, शिक्षा, स्वास्थ्य, मनोसामाजिक परामर्श र दीर्घकालीन पुनःस्थापना चुनौतीपूर्ण बनेको परिषद्को भनाइ छ ।

प्रभावित बालबालिकालाई आवश्यक संरक्षण र सहयोग उपलब्ध गराउने उद्देश्यले परिषद्ले परोपकारी सङ्घसंस्था तथा व्यक्तिसँग सहकार्य गर्न आवेदन माग गरेको हो ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  १ : ०४ बजे

ट्रम्प, पुटिन र सीबीच अर्को साता चीनमा भेटवार्ता हुने

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र

बाढी प्रभावित बालबालिकाको संरक्षण योजनामा सहभागी हुन आह्वान

काठमाडौँ – राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको

स्पेसएक्सको स्टारशिप परीक्षण असफल

एजेन्सी– अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सलाई स्टारशिप रकेटको पछिल्लो परीक्षणमा

ओझेलमा परेका तीर्थस्थलको प्रचारप्रसारमा जोड

काठमाडौँ– देशका ऐतिहासिक तथा पौराणिक तीर्थस्थलको पहिचान, संरक्षण र प्रचारप्रसार

राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, ८० लाख बराबर क्षति

भक्तपुर– मध्यपुरथिमि-९ राधेराधेस्थित प्रजापति कम्प्लेक्सको सातौँ तलामा आज बिहान आगलागी