साउदीमा अलपत्र ११ नेपाली फर्किए, ३२ जना उद्दारको पर्खाइमा  | Khabarhub Khabarhub

साउदीमा अलपत्र ११ नेपाली फर्किए, ३२ जना उद्दारको पर्खाइमा 



दोहा – रोजगारीका लागि साउदी अरब पुगेर अलपत्र ४३ नेपाली मध्य ११ जना आज (सोमबार) नेपाल फर्किएका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परी दलाललाई मोटो रकम दिएर रोजगारीका लागि उनीहरू साउदी अरब पुगेर अलपत्र परेका थिए ।

काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसीज प्रालिमार्फत ६-७ महिनाअघि उनीहरू साउदी पुगेका थिए। अलपत्र कामदार सम्झौता अनुसारको काम र तलब नपाएपछि विगत लामो समयदेखि उद्दारको पर्खाइमा थिए ।

ब्लु ग्यालेक्सीले पठाएका धेरै नेपाली मध्ये २५ जनाले काम पाएको र बाँकी ४३ जना अलपत्र परेको पीडितहरूले बताएका थिए । अलपत्र ४३ मध्ये २६ जना साउदीको जेद्धामा र १७ जना दम्माममा अलपत्र परेका थिए । यसपटक दम्माममा अलपत्र १७ मध्ये ११ जनालाई साउदीबाट दुबई हुँदै नेपाल पठाइएको बिनोद दहालले जानकारी दिए ।

‘११ जनालाई म्यानपावरले सोमबार फर्कायो, अझै धेरै साथीहरू उद्दारको पर्खाइमा हुनुहुन्छ,’ उनले भने, ‘अब केहिदिन भित्रमै सबै साथीहरुलाई फर्काउने जवाफ म्यानपावरका सञ्चालक हिमहरी अर्यालले दिएका छन् ।’

जेद्धा र दम्माम अलपत्र परेका नेपालीहरूलाई ब्लु ग्यालेक्सी सञ्चालक अर्यालले कोठा भाडामा लिएर राखेको भए पनि पछिल्लो समय भाडा नतिरेपछि उनीहरूलाई होटेल सञ्चालकले कोठाबाट निकाली दिएको छ । हाल उनीहरूले भोक भोकै सडकमा बस्न बाध्य भएको बताएका थिए ।

उनीहरू सडकमा भोक भोकै बसेको जानकारी पाएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीले कोठा खोजेर राखिदिएको छ । खानाको लागि साउदीमा रहेका विभिन्न संघ संस्था तथा सामाजिक अभियन्ताहरूले खाद्यान्न सहयोग गरिरहेको पीडितहरूले बताए ।

बाँकी रहेका ३२ जनालाई म्यानपावरले एक हप्ताभित्रमा स्वदेश फर्काइसक्ने बताएको छ । सञ्चालक अर्याल पनि पीडितहरूको समस्या समाधान गर्न भन्दै अहिले साउदीमै छन् ।

उनीहरूले लामो समयदेखि कामविहीन भएर बस्दा आफूहरूलाई समस्या भएको भन्दै पठाउने म्यानपावरलाई कारबाही गर्न र आफूहरूलाई सकुशल नेपाल फिर्ता गर्ने वातावरण मिलाइदिन नेपालस्थित श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायत विभिन्न मानवअधिकारवादी सङ्घसंस्थालाई अपिल गरे पनि कुनै सुनवाइ नभएको गुनासो गर्दै आएका छन् ।

उनीहरूले म्यानपावरका सञ्चालक रमेश अमगाइन र अर्याललाई प्रतिव्यक्ति १ लाख ८० हजारदेखि २ लाखसम्म बुझाएर उनीहरू साउदी पुगेका थिए। म्यानपावरले साउदीको आर्मी क्याम्पभित्र क्लिनर र गार्डेनको कामका लागि भनेर साउदी पठाएको थियो। तर, त्यहाँ पुगेपछि सडक सरसफाइको काममा लगाएको उनीहरूले गुनासो गरेका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ६ : ५७ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा