मनाङमा पहिलो पटक ३३/११ केभीको सबस्टेसन सञ्चालनमा « Khabarhub

मनाङमा पहिलो पटक ३३/११ केभीको सबस्टेसन सञ्चालनमा


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मनाङमा ३३/११ केभीको सबस्टेसन सञ्चालनमा आएको छ । ३३/११ केभीको स्यार्कु सबस्टेसन सञ्चालन भएसँगै चामे बजारमा नियमित विद्युत् आपूर्ति हुने केन्द्रका प्रमुख मिलन सुवेदीले बताए ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–५, चिप्लेबेँसी सबस्टेसनबाट २९ किलोमिटर टाढा ३३ केभी लाइनमार्फत दुई हजार सात सय मिटर उचाइमा निर्माण गरिएको मनाङको स्यार्कु सबस्टेसन चार्ज गरी सञ्चालनमा ल्याइएको हो ।

गत वर्षको असारमा अविरल वर्षासँगै आएको बाढीले मनाङको विद्युत् संरचनाको पूर्वाधार तथा सडक सञ्जालमा ठूलो क्षति भएको थियो । हिमपातले निर्माण कार्य प्रभावित हुँदै आएको थियो । विद्युत् आपूर्तिमा आएको अवरोधका कारण जिल्लाका सरकारी कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवामा समेत नियमित रूपमा सञ्चालन गर्न असहज भएको थियो । बाढीले क्षति पुर्‍याउँदा प्राधिकरणको तीन करोडभन्दा बढीको क्षति भएको थियो । क्षतिग्रस्त लाइनको पुनर्निर्माणको काम ०७९ वैशाखभित्रै सम्पन्न भएको केन्द्रका प्रमुख सुवेदीले बताए ।

अहिले चामे क्षेत्रका करिब ९० घरधुरी बिजुलीबाट लाभान्वित भएका छन् । यो सबस्टेसनबाट विद्युतीकरण हुने तिलिचो तालसम्मको र थोरङ बेस क्याम्पसम्म लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मनाङमा ०७७ फागुनमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रसारण लाइन पुर्‍याइएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ७ : २३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले