काठमाडौँ महानगरको प्रवक्तामा मानन्धर नियुक्त « Khabarhub

काठमाडौँ महानगरको प्रवक्तामा मानन्धर नियुक्त


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले प्रवक्ताका रुपमा वडा नं १७ का अध्यक्ष नवीन मानन्धरलाई नियुक्त गरेको छ।

उनी कामपाको सूचना प्रविधि समितिका संयोजकसमेत छन्। कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा आइतबार बसेको छैटौँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले वर्षको इन्द्रजात्रा अवलोकन गर्न कामपासँग भगिनी सम्बन्ध भएका नगरबाट प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गर्ने निर्णयसमेत गरेको छ । यसअघि २०७६ सालको इन्द्रजात्रामा अवलोकन गर्न कामपाले छवटा देशका १३ नगरबाट प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गरेको थियो ।

तत्कालीन समयमा पाँचवटा देशका ११ वटा नगरबाट चार जना प्रमुख, उपप्रमुखसहित ४१ पाहुना सहभागी भएका थिए । बैठकले महानगरको सार्वजनिक खरिद नियमावली संशोधनका लागि सहमति दिएको छ ।

चालु अर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार यस वर्षदेखि वडाबाट खुला प्रतिस्पर्धात्मक विधिबाट सेवा खरिद हुनेछ । यसका लागि खरिद नियमावली संशोधन गर्नुपर्ने भएको हो । बैठकका राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले अहिलेसम्म खाद्य संस्थान र बीमा संस्थाने राजस्व नतिरेको जानकारी गराएका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ८ : १३ बजे

सोमबारदेखि सेयर कारोबारमा ५ प्रतिशतमा पहिलो सर्किट ब्रेक, ८ प्रतिशतमा कारोबार बन्द हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले सेयर कारोबारका नियमहरूमा महत्त्वपूर्ण

भक्तपुर महोत्सवमा एक लाखभन्दा बढीको आगमन, ५० लाखको कारोबार

भक्तपुर- नयाँ वर्ष २०८३ सालको अवसर पारेर भक्तपुरको सल्लाघारी सञ्चालन

चितवनमा यस वर्ष ४५८ दुर्घटना

चितवन- चितवन जिल्लामा सवारी दुर्घटना हुने क्रम घट्दै गएको छ

१२ संसदीय समितिका सभापतिले लिए शपथ

काठमाडौं- प्रतिनिधिसभाका दश र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले आज

अस्पतालमा पनि सातामा दुई दिन बिदा, आकस्मिक सेवा भने नरोकिने

काठमाडौं– सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै