छानबिन समितिले बुधबार निवर्तमान अर्थमन्त्री शर्मासँगै छलफल गर्दै « Khabarhub

छानबिन समितिले बुधबार निवर्तमान अर्थमन्त्री शर्मासँगै छलफल गर्दै


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले मोटामोटी छलफल सकाएको छ । अब निचोड निकाल्नेतिर केन्द्रीत हुने समिति सदस्यहरुले बताएका छन् ।

समितिले बुधबार निवर्तमान अर्थमन्त्री शर्मासँग छलफल गर्ने छानबिन समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिएका छन् ।

अनधिकृत व्यक्तिमार्फत करको दर हेरफेर गराएको भनी पश्न उठेपछि २२ असारमा प्रतिनिधिसभाले विशेष समिति गठन गरेको थियो ।  समितिलाई कार्य प्रारम्भ गरेको १० दिनभित्र प्रतिवेदन दिने कार्यादेश सभामुखले दिएका छन् । समितिले गत मंगलबारबाट मात्रै कार्य प्रारम्भ गरेको थियो । ६ दिनसम्म समितिले अर्थ मन्त्रालयका विभिन्न तहका कर्मचारीहरूसँग छलफल गर्नेदेखि मन्त्रालयमै पुगेर निरीक्षण गर्नेसम्मको कार्य गरेको छ ।

छानबिन समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो, मान बहादुर विश्वकर्मा र सुरेन्द्र यादव सदस्य रहेका छन् । समिति सदस्य पुष्पा भुसाल उपसभामुख बनेपछि कांग्रेसका अर्का सांसद मानबहादुर विश्वकर्मालाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ८ : ४१ बजे

बैतडी बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त, घाइतेको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौंडी नगरपालिकामा १३

इरान–अमेरिका ओमान वार्ता तयारी

एजेन्सी– घातक विरोध प्रदर्शनको पृष्ठभूमिमा इरान र संयुक्त राज्य अमेरिका

एमाले अध्यक्ष ओली चुनावी अभियानका लागि झापा जाँदै

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार मध्याह्न गृहजिल्ला

ज्ञान चक्षुको २०औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौं –  ज्ञान चक्षु इङ्ग्लिस स्कुलले २०औँ वार्षिकोत्सव तथा अभिभावक

रौतहट दुर्घटनाबारे रास्वपाले भन्यो : बालिकाका परिवारलाई राहत र न्याय दिलाउँछौँ

काठमाडौं- रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट