पानीमा डुबेर तीन जनाको मृत्यु | Khabarhub Khabarhub

पानीमा डुबेर तीन जनाको मृत्यु


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रूपन्देही, कैलाली र गुल्मीमा डुबेर तीन जनाको मृत्यु भएको छ । 

रूपन्देहीको देवदह नगरपालिका–८ बंगालीस्थित बंगालीखोला साठीबारी बाँधमा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने ११ वर्षीय सुमन थापाको आइतबार मृत्यु भएको छ । 

कैलालीको कैलारी गाउँपालिका–२ उजेलीसेभर बस्ने ९ वर्षीया  आयुशा ठकुल्लाको घर नजिकै रहेको कटनी नदीमा डुबेर आइतबार मृत्यु भएको छ । नदीमा नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको स्थानीय मिरर अस्पताल हसुलियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ पिपलडाँडा बस्ने नवराज शर्माकी छोरी एक वर्षीया अर्जिका शर्माको आल्मुनियमको बाल्टीमा डुबेर आइतबार मृत्यु भएको छ । 

आफ्नै घरमा खेल्ने क्रममा भाँडावर्तन धुन राखेको बाल्टीमा डुबेर अशक्त भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र श्रृङ्गामा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १२ : ३० बजे

साझा उत्सवका रूपमा तीज पर्वलाई अंगिकार गर्नुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले तीज पर्वलाई आपसी भाइचाराको

कोशीको आमसञ्चार विधेयकविरुद्ध सडकमा पत्रकार, उल्टो हिँडेर गरे विरोध प्रदर्शन

काठमाडौं– कोशी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आमसञ्चार सम्बन्धी

‘कोशी प्रदेश स्वास्थ्य नीति’ सार्वजनिक

मोरङ– कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ‘कोशी प्रदेश स्वास्थ्य नीति

करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी–  दुहबी नगरपालिका-८ स्थित विश्वकर्मा ईन्जिनियरिङ्ग वोर्कस वर्कसपमा काम गर्ने क्रममा करेन्ट

तीजको लागि यस्तो छ पशुपति क्षेत्र विकास कोषको तयारी

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले भाद्र १० गते मंगलबार मनाइने