सिल्भस्टर स्टालोन भन्छन्,’मैले आर्थिक लाभ पाएको छैन’  « Khabarhub

सिल्भस्टर स्टालोन भन्छन्,’मैले आर्थिक लाभ पाएको छैन’ 


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता सिल्भस्टर स्टालोनले आफू अभिनीत फिल्महरू मार्फत उल्लेख्य लाभ नपाएको गुनासो गरेका छन् । उनले ‘रकी’ फिल्मको सिरिजहरू र त्यसको पात्रलाई लिएर बनाइएका स्पिन अफ मार्फत निर्माता इरविन विन्कलरले एकलौटी फाइदा लिएको र आफूलाई पर्याप्त आर्थिक लाभ नदिएको गुनासो गरेका छन् । उनले यसको खुलासा सामाजिक सञ्जाल मार्फत गरेका हुन् । आफ्नो सामाजिक सञ्जालमा निर्माता इरविनको तस्बिर राख्दै उनले फिल्म मार्फत भइरहेको आम्दानी आफ्नो सन्तानहरूको लागि छोडेर जाने चाहना राखेका छन् ।

‘४७ वर्षसम्म इरविनले रकीको भाग खाए । यो फिल्मबाट भइरहेको आम्दानी म मेरा छोराछोरीका लागि छाडेर जान चाहन्छु । मलाई आस, ९३ वर्षीय निर्मातालाई यसका लागि तयार हुनेछन्,’ सिल्भस्टरले लेखेका छन् । उनले आफ्नो मेहनतले बनेका फिल्महरू मार्फत आफूले आर्थिक लाभ नपाएको गुनासोहरू गरिरहेका छन् ।

सन् १९७६ मा रिलिज भएको फिल्मले १० लाख अमेरिकी डलर लगानी गरेर २ करोड २५ लाख अमेरिकी डलर कमाइ गरेको थियो । यसका बाबजुद आफूले बराबरी सेयर नपाएको सिल्भस्टरले गुनासो गर्दै आएका छन् ।

सन् २०१९मा सिल्भस्टरको मुखबाट यो कुरा सुनेपछि इरविन चकित परेका थिए । उनले ‘रकी’ र ‘क्रिड’बाट सिल्भस्टरले १० लाख अमेरिकी डलर सेयर लगेको र उनी आफैँ निर्माता पनि रहेको बताएका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १ : १७ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा