खोटाङमा ७० प्रतिशत रोपाइ सम्पन्न  « Khabarhub

खोटाङमा ७० प्रतिशत रोपाइ सम्पन्न 


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा साउन लाग्दा ७० प्रतिशत रोपाइ सकिएको छ । जिल्लाको १२ हजार आठ सय ९८ हेक्टर क्षेत्रफलमा रोपाइ हुँदै आएकामा सोमबारसम्ममा नौ हजार २८ हेक्टरमा रोपाइ सकिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए ।

असारमा पर्याप्त वर्षा भएका कारण खोटाङमा विगतको तुलनामा चाँडो रोपाइ भएको हो । बेलामा धान रोप्न पाउँदा किसान उत्साहित छन् । जिल्लाको लेकाली क्षेत्रमा रोपाइ सकिएको र बेँसीमा धमाधम रोपाइ जारी रहेको ज्ञान केन्द्रले जनाएको छ । 

दुई नगरपालिका र आठ गाउँपालिकामध्ये हालसम्म ऐसेलुखर्क, केपिलासगढी, साकेला गाउँपालिका, दिक्तेल रापाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिकाको अधिकांश क्षेत्रमा रोपाइ भइसकेको छ ।

यस्तै, जन्तेढुङ्गा, बराहपोखरी, खोटेहाङ, दिप्रुङ चुईचुम्मा र रावाबेँसी गाउँपालिकाको बेँसी क्षेत्रमा मात्र हाल रोपाइ भइरहेको छ । बेँसी क्षेत्रमा १५ साउनपछि पनि रोपाइ हुने गरेको छ । जिल्लामा कुल १४ हजार एक सय ५९ हेक्टर खेत भए पनि १२ हजार आठ सय ९८ हेक्टरमा धान लगाउने गरिएको छ । 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ३ : ०२ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले