पूजालाई व्यावसायिक धर्म ननिभाएको आरोप  « Khabarhub

पूजालाई व्यावसायिक धर्म ननिभाएको आरोप 


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेत्री पूजा शर्माको स्टारडममा प्रश्न उठिरहेको छ । उनले लिने पारिश्रमिकको व्यावसायिक सुनिश्चितता उनले गरेकी छिन् त ? यहि प्रश्नकै बीच पूजाले व्यावसायिक धर्म समेत निर्वाह नगरेको आरोप लागेको छ ।

फिल्म ‘सम्झना बिर्सना’ को निर्देशक निमेष प्रधानले फिल्मलाई पूजाले साथ नदिएको आरोप लगाएका छन् । फिल्मको अघिल्लो डेट सार्ने देखि नयाँ गीत थप्नेमा समेत पूजाको सहभागिता रहेको बताउदै उनले प्रचारमा साथ नदिएको आरोप लगाए । फिल्म हलमा ‘सम्झना बिर्सना’ मुस्किलले चलिरहेको समयमा पूजा भने अष्ट्रेलिया उडेकी छिन् ।

पूजाकै निर्माण तथा अभिनय रहेको फिल्म ‘राम कहानी’ को समयमा दुई पटकसम्म भिसा रिजेक्ट भएको र यसपटक ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनमा सहभागी हुन् जाने सवालमा ढिला भिसा आएपछि उनी अष्ट्रेलिया पुगेकी हुन । फिल्म चलाउन दार्जिलिङबाट काठमाडौं आइपुगेका निर्देशक प्रधानले भने, ‘आउँछु दाइ भनेर हिँडेको मान्छे फोन गर्दा एयरपोर्ट पुगेको छु भन्ने खबर आयो ।’ उनले पूजाले व्यावसायिक धर्म निर्वाह नगरेकोमा दुख व्यक्त गरे ।

आकाश र पूजाको व्यक्तिगत झगडाको असर पनि फिल्मलाई परेको उनले गुनासो गरे । फिल्मका लागि पूजाले २० लाखको हाराहारीमा पारिश्रमिक बुझेकी थिइन् । तर, आकाश सँगको उनको सम्बन्धको कारण फिल्मको प्रचारमा उनले साथ दिइनन् । प्रदर्शनकै साता पनि उनी म्युजिक भिडियोमा छायांकनमा थिइन् । जबकि त्यो समयमा अन्य कलाकारहरू फिल्म प्रचारमा सक्रिय हुन्छन् ।

कलाकारले प्रचारप्रसारमा साथ नदिँदा निर्माताको यस्तो गुनासो पहिलो पटक चाहिँ होइन । तर , भने जति पारिश्रमिक दिएर पूजाकै आग्रहमा गीत थप्दा , डेट सार्दा समेत फिल्मको प्रचारमा भने जस्तो साथ नपाएपछि दार्जिलिङमा रहेर नेपाली फिल्म निर्माणमा सक्रियता बढाउन तयार निर्माण पक्ष निराश बनेका छन्। उनीहरू व्यावसायिकता फिल्मको व्यापार भन्दा पनि कलाकारले देखाएको व्यवहार प्रति असन्तुष्ट छन् ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ४ : ०७ बजे

इभीमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर