आगामी चुनावमा सत्ता गठबन्धनबीच तालमेल गर्ने कांग्रेसको निर्णय (भिडियो) « Khabarhub

आगामी चुनावमा सत्ता गठबन्धनबीच तालमेल गर्ने कांग्रेसको निर्णय (भिडियो)


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसको एक सातादेखि जारी केन्द्रीय समिति बैठक सकिएको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गठबन्धनका दलहरुसँग चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो। बैठक सकिएसँगै कांग्रेसले निर्णयहरु सार्वजनिक गरेको हो।

बैठकले आगामी संघीय चुनावमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । सरकारले संविधानलाई ट्रयाकमा ल्याएको कांग्रेस निष्कर्ष छ ।

त्यस्तै बैठकले कोभिड खोप व्यवस्थापन, एमसीसी अनुमोदन र स्थानीय तहको निर्वाचन लगायतका महत्त्वपूर्ण काममा सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेको छ । साथै बैठकले भ्रातृ संस्थालाई साउनभित्र पूर्णता दिने निर्णय गरेको छ ।

तर, पूर्ववर्ती सरकारले संविधानको मर्म विपरीत संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलगायत विविध विषयमा ल्याएका प्रस्ताव र निणर्यहरूकाविरुद्ध उभिएको स्मरण गर्दै यस्ता महत्त्वपूर्ण कानुन बनाउँदा र निर्णय गर्दा संविधानको मर्म र भावनाको अनुरूप हुने गरी सरकारले निर्णय लिनुपर्ने कांग्रेसको सुझाव छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ६ : १९ बजे

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला बजारमा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि

काठमाडौं- नेपाली कांग्रेसको १५ ‍औँ महाधिवेशनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

चितवन– मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा