आगामी चुनावमा सत्ता गठबन्धनबीच तालमेल गर्ने कांग्रेसको निर्णय (भिडियो) « Khabarhub

आगामी चुनावमा सत्ता गठबन्धनबीच तालमेल गर्ने कांग्रेसको निर्णय (भिडियो)


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसको एक सातादेखि जारी केन्द्रीय समिति बैठक सकिएको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गठबन्धनका दलहरुसँग चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो। बैठक सकिएसँगै कांग्रेसले निर्णयहरु सार्वजनिक गरेको हो।

बैठकले आगामी संघीय चुनावमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । सरकारले संविधानलाई ट्रयाकमा ल्याएको कांग्रेस निष्कर्ष छ ।

त्यस्तै बैठकले कोभिड खोप व्यवस्थापन, एमसीसी अनुमोदन र स्थानीय तहको निर्वाचन लगायतका महत्त्वपूर्ण काममा सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेको छ । साथै बैठकले भ्रातृ संस्थालाई साउनभित्र पूर्णता दिने निर्णय गरेको छ ।

तर, पूर्ववर्ती सरकारले संविधानको मर्म विपरीत संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलगायत विविध विषयमा ल्याएका प्रस्ताव र निणर्यहरूकाविरुद्ध उभिएको स्मरण गर्दै यस्ता महत्त्वपूर्ण कानुन बनाउँदा र निर्णय गर्दा संविधानको मर्म र भावनाको अनुरूप हुने गरी सरकारले निर्णय लिनुपर्ने कांग्रेसको सुझाव छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ६ : १९ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ