राधामा ‘तीज गीत’  « Khabarhub

राधामा ‘तीज गीत’ 


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आउँदो तीजलाई लक्षित गर्दै फिल्म ‘द सेक्रेट अफ राधा’ युनिटले गीत रिलिज गरेको छ । सोमबार सार्वजनिक गीतमा सृष्टि श्रेष्ठ र प्रियंका कार्कीले नृत्य गरेका छन् । परम्परागत तीज गीतभन्दा भिन्न गीत कालीप्रसाद बाँस्कोटाले तयार गरेका हुन् । गीतमा सज्जा चौलागाइँ र स्वस्तिका ढकालले स्वर दिएका छन् । गीत रचना गरेकी हुन् सिर्जना खत्रीले ।

तीजको छेको पारेर रिलिज हुन लागेको फिल्ममा तीज गीत राख्नुको आसय हो, दर्शक बोलाउने । गीतले यो काम गर्न सक्छ कि सक्दैन भविष्यले बताउला तर गीतको अडियो र भिडियो प्रभावशाली देखिएको छ । सुवर्ण थापा निर्देशित फिल्मको गीतलाई कविराज गहतराजले कोरियाग्राफी गरेका हुन् । गीतलाई फिल्मका लागि नभई प्रमोसन टुल्सको रुपमा प्रयोग गरिएको निर्देशक थापाले बताए । 

गीतमा नृत्य गरेकी सृष्टीले रमाइलो भएको अनुभव सुनाइन । ‘मलाई खासै नाच्न आँउदैन । तर कोसिस गरेकी छु । यो गीत मार्फत मैले रमाइलो अनुभव सँगालेकी छु’ उनले भनिन् ।

यो फिल्मलाई सौगात मल्ल, देवकी बिष्ट र विक्रमदास जोशी मिलेर निर्माण गरेकी हुन् । फिल्मले श्रीमानको पर्खाइमा रहेकी एक महिलाको कथा पेश गर्छ । फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लोकेन्द्र लेखक आदिको अभिनय रहेको छ । निश्चल बस्नेत, दिव्य देव, दयाहाङ फिल्ममा अतिथि भूमिकामा देखिनेछन् । 

आफ्नो आग्रहलाई स्वीकार्दै सम्पूर्ण कलाकारहरूले सहयोग गरेकोमा सौगातले निर्माताको रुपमा धन्यवाद दिए । ‘कथा राम्रो लागेर फिल्ममा निर्माता बने । म आभारी छु’ उनले भने । 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ६ : १२ बजे

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने