राधामा ‘तीज गीत’  « Khabarhub

राधामा ‘तीज गीत’ 


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आउँदो तीजलाई लक्षित गर्दै फिल्म ‘द सेक्रेट अफ राधा’ युनिटले गीत रिलिज गरेको छ । सोमबार सार्वजनिक गीतमा सृष्टि श्रेष्ठ र प्रियंका कार्कीले नृत्य गरेका छन् । परम्परागत तीज गीतभन्दा भिन्न गीत कालीप्रसाद बाँस्कोटाले तयार गरेका हुन् । गीतमा सज्जा चौलागाइँ र स्वस्तिका ढकालले स्वर दिएका छन् । गीत रचना गरेकी हुन् सिर्जना खत्रीले ।

तीजको छेको पारेर रिलिज हुन लागेको फिल्ममा तीज गीत राख्नुको आसय हो, दर्शक बोलाउने । गीतले यो काम गर्न सक्छ कि सक्दैन भविष्यले बताउला तर गीतको अडियो र भिडियो प्रभावशाली देखिएको छ । सुवर्ण थापा निर्देशित फिल्मको गीतलाई कविराज गहतराजले कोरियाग्राफी गरेका हुन् । गीतलाई फिल्मका लागि नभई प्रमोसन टुल्सको रुपमा प्रयोग गरिएको निर्देशक थापाले बताए । 

गीतमा नृत्य गरेकी सृष्टीले रमाइलो भएको अनुभव सुनाइन । ‘मलाई खासै नाच्न आँउदैन । तर कोसिस गरेकी छु । यो गीत मार्फत मैले रमाइलो अनुभव सँगालेकी छु’ उनले भनिन् ।

यो फिल्मलाई सौगात मल्ल, देवकी बिष्ट र विक्रमदास जोशी मिलेर निर्माण गरेकी हुन् । फिल्मले श्रीमानको पर्खाइमा रहेकी एक महिलाको कथा पेश गर्छ । फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लोकेन्द्र लेखक आदिको अभिनय रहेको छ । निश्चल बस्नेत, दिव्य देव, दयाहाङ फिल्ममा अतिथि भूमिकामा देखिनेछन् । 

आफ्नो आग्रहलाई स्वीकार्दै सम्पूर्ण कलाकारहरूले सहयोग गरेकोमा सौगातले निर्माताको रुपमा धन्यवाद दिए । ‘कथा राम्रो लागेर फिल्ममा निर्माता बने । म आभारी छु’ उनले भने । 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ६ : १२ बजे

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

इभीमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको