रोकिएन असारे खर्च : रुपन्देहीबाट ५ अर्ब फ्रिज, ४६ प्रतिशत मात्रै पुँजीगत खर्च « Khabarhub

रोकिएन असारे खर्च : रुपन्देहीबाट ५ अर्ब फ्रिज, ४६ प्रतिशत मात्रै पुँजीगत खर्च


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- विकासमा बामे सर्दै गरेको रुपन्देहीमा आर्थिक वर्ष २०७८/०७९ मा झन्डै ५ अर्ब बजेट फ्रिज भएको छ ।  समयमै काम गर्न नसक्दा जिल्लामा अख्तियारी पाएको मध्येबाट ४ अर्ब ९७ करोड ५० लाख  ७१ हजार रुपैयाँ खर्च नभएर फ्रिज भएको हो ।

चालुतर्फ उल्लेख्य खर्च गरेको कार्यालयहरूले पुँजीगततर्फ भने आधा रकम पनि खर्च गरेका छैनन् । पूर्वाधारको आवश्यकता पुरा गर्न गरिने पुँजीगत खर्च मध्ये झन्डै २१ प्रतिशत खर्च असार महिनामा भएको छ । असारे विकास अझै पनि हटेको छैन भन्ने सन्देश यो तथ्यांङले देखाएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय भैरहवाले दिएको जानकारी अनुसार रुपन्देही जिल्लामा कुल ४३ अर्ब ३६ करोड ४२ लाख विनियोजित बजेट मध्ये ३५ अर्ब ६८ करोड ६६ लाख ८१ हजार  ४ सय १४ रुपैयाँ अर्थात् ८२ दशमलव २९ प्रतिशत मात्र खर्च भएको कोलेनिका कार्यालय रुपन्देहीका प्रमुख कोष नियन्त्रक विष्णु प्रसाद ज्ञवालीले जानकारी दिए ।

कुल बजेटमध्ये चालुतर्फ ३४ अर्ब १२ करोड ५८ लाख २१ हजार रुपैयाँ विनियोजन गरिएकोमा ९२ दशमलव ०८ प्रतिशत अर्थात् ३१ अर्ब ४२ करोड ३४ लाख ७ हजार खर्च भएको छ । यसै गरी पुँजीगततर्फ अख्तियारी आएको ९ अर्ब २३ करोड ८३ लाख ४५ हजार बजेट मध्ये ४६ दशमलव १५ प्रतिशत अर्थात् ४ अर्ब २६ करोड ३२ लाख ४३ लाख मात्रै खर्च भएको छ ।

चालु बजेटको एक चौथाइ आएको पुँजीगततर्फको बजेट आधाभन्दा बढी बजेट कर्मचारीहरूले काम नगरिदिँदा फर्केको छ । पुँजीगत खर्चतर्फ १ अर्ब ९० करोड ४६ लाख रकम त असार महिनामा मात्रै खर्च भएको छ । विकास निर्माण र पूर्वाधारमा देखिने यो खर्च नहुनु भनेकै विकास निर्माणको काम कछुवा गतिमा हुनु हो ।

असार महिना विकासे महिनाको रूपमा परिचित छ । असार महिना सुरु भए लगतै विकास निर्माणको काम धमाधम हुने गरेको छ भने कमसल र गुणस्तरीय छैन भन्दै आलोचना पनि हुन्छ । विगतका वर्षहरू जस्तै यस वर्ष पनि रुपन्देहीमा यो परिपाटी नरोकिएको यो तथ्यांङले देखाउँछ ।

पुँजीगत तर्फ २ करोड ४२ लाख ५१ हजार रुपैयाँ बजेट छुट्ट्याइएको भैरहवा–लुम्बिनी–तौलिहवा सडक योजनाले वर्ष भरिमा ३० हजार ९ सय रुपैयाँ मात्र खर्च गर्न सकेको छ । यस्तै सडक डिभिजन बुटवलले पुँजीगत तर्फ ३ अर्ब ७७ करोड ६८ लाख ७१ हजार अख्तियारी पाएकोमा  ९९ करोड ३८ लाख २४ हजार रुपैयाँ मात्र खर्च गर्न सक्यो जसमध्ये ४५ करोड ५४ लाख त असारमा मात्रै खर्चेको छ ।

बेलहिया बुटवल व्यापारिक मार्गले ३१ करोड मध्ये १३ करोड ७८ लाख, संघीय आयोजना कार्यान्वयन इकाई सिद्धार्थनगरले १ अर्ब ४६  करोड अख्तियारी पाएकोमा ७७ करोड ९२ लाख खर्चेको छ जसमध्ये ३१ करोड असारमा मात्रै छ ।

आर्थिक कोरिडोर कार्यालय बुटवलले १४ करोड १९ लाख ५५ हजार मध्ये १ करोड ६४ लाख, जनताको तटबन्ध कार्यक्रमका लागि आएको ६४ करोड ६५ लाख मध्ये २९ करोड ८६ लाख, भूमिगत जल सिचाई भैरहवा लुम्बिनीका लागि विनियोजित २७ करोड ९५ लाख मध्ये हाल सम्म १९ करोड ६८ लाख, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले अख्तियारी पाएको ४ करोड ५० लाख ४० हजार बजेट मध्ये १ करोड ६३ लाख खर्च गरेका कोष तथा लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।

पालिका तर्फ मायादेवी गाउँपालिकाका लागि आएको २ करोड, कोटहीमाई गाउँपालिकालागि १ करोड ५० लाख, रोहिणीका लागि १५ लाख, कञ्चन गाउँपालिकाले १ करोड ९५ लाख, देव दह नगरपालिकाका लागि १ करोड ५० लाख खर्च  गर्न नसकेर फ्रिज गरेका छन् । भैरहवा स्थित कार्यालयले जिल्लाका संघीय कार्यालय, प्रदेश मन्त्रालय र जिल्लाका स्थानीय तहलाई निकासा दिने गर्छ । रुपन्देहीका १ सय ३४ कार्यालयहरूलाई बजेट निकासा दिने र ९९ वटा कार्यालयबाट राजस्व असुली हुने गर्छ ।

प्रमुख कोष नियन्त्रक ज्ञवालीका अनुसार पुँजीगत तर्फ असार महिना सम्ममा खर्च भएको रकम ४ अर्ब २६ करोड रुपैयाँ मध्ये १ अर्ब ९० करोड ४६ लाख रुपैयाँ असार महिनामा मात्र खर्च भएको छ,  वर्ष भरि खर्च भएको रकमको ४४ दशमलव ६७ प्रतिशत असार महिनामा मात्रै खर्च भएको हो ।

खर्च गर्नलाई ४३ अर्ब पाएको रुपन्देही जिल्लाले केन्द्रलाई १ खर्व ४३ अर्ब ६४ करोड बढी राजस्व उठाएर पठाएको छ । ज्ञवालीका अनुसार कुल राजस्वको करिब २२ देखी २४ प्रतिशत योगदान रुपन्देहीबाट हुने गर्छ, वर्ष भरि सबैभन्दा बढी राजस्व उठाएको भैरहवा भन्सार कार्यालयले भन्सारले १ खर्ब १५ अर्ब ८८ करोड राजस्व संकलन गरेको छ ।

यसै गरी आन्तरिक राजस्व कार्यालय बुटवलले ११ अर्ब ९० करोड ९ लाख,  आन्तरिक राजस्व कार्यालय भैरहवाले ११ अर्ब ६६ करोड ४२ लाख , कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत पनि ३ अर्ब ५४ करोड २१ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ७ : १० बजे

नेकपा छाडेर प्रलोपा रोजेका सुदन अब हर्कको श्रम संस्कृतितिर (तस्बिरहरू)

काठमाडौं- पूर्वपर्यटन मन्त्री एवम् प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्षमण्डलका सदस्य सुदन

नौ दिनदेखि हराइरहेकी महिला मृत फेला

तेह्रथुम- तेह्रथुम जिल्लास्थित म्याङलुङ नगरपालिका-९ साब्ला कोप्चेकी एक महिला मृत

एउटा स्मार्ट लाइसेन्स छाप्न १९५.१७ रुपैयाँ लाग्ने

काठमाडौं- एउटा स्मार्ट ड्राइभिङ लाइसेन्स कार्ड छाप्न करिब रु १९५.१७

तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

गण्डकी- निर्माणमा ढिलाइ भइरहेको तालचोक-बेगनास सडकको तेस्रोपटक म्याद थप भएको

वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन व्यवस्थित गर्न अपिल

अर्घाखाँची- वनक्षेत्रको संरक्षण तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन वन अतिक्रमण