अफगानिस्तानमा तालिबान लडाकु सवार मिनिबसलाई लक्षित गरी आक्रमण « Khabarhub

अफगानिस्तानमा तालिबान लडाकु सवार मिनिबसलाई लक्षित गरी आक्रमण


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानका केही सदस्य बोकेको सवारी लस्करलाई लक्षित गरी आक्रमण भएको छ ।

अफगानिस्तानको हेरात प्रान्तमा अज्ञात आक्रमणकारीले तालिबानका लडाकु सवार मिनिबसलाई लक्षित गरी आक्रमण गरेको अफगानिस्तानको टोलो न्युजले जनाएको छ ।

आक्रमणमा पर्नेमा तालिबानको २०७ अल फारुक कोरका लडाकुहरु रहेको जनाइएको छ ।

ती तालिबान लडाकुहरु अज्ञात बन्दुकधारीको निशानामा परेको बताइएपनि घटनामा भएको मानवीय क्षतिबारे भने तालिबान अधिकारीले कुनै जानकारी नदिएको टोलो न्युजले जनाएको छ ।

यद्यपि घटनामा दुई लडाकु मारिएको एवम् सर्वसाधारणसमेत २० जना भन्दा धेरै घाइते भएको जनाइएको छ ।

हेरात प्रान्तका प्रहरी प्रवक्ता मोहम्मद शाह रसुलका अनुसार आक्रमणमा केही सर्वसाधारण घाइते भएका छन् भने जवाफी कारवाहीमा एकजना आक्रमणकारीको समेत मृत्यु भएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ७ : ५९ बजे

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले