जीपको ठक्करबाट गोरखामा युवतीको मृत्यु « Khabarhub

जीपको ठक्करबाट गोरखामा युवतीको मृत्यु


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गोरखामा जीपको ठक्करबाट आज एक युवतीको मृत्यु भएको छ । अजिरकोट गाउँपालिका–३ भच्चेक सडखण्डमा ग१ज ४६८६ नंको जीपको ठक्करबाट मोटरसाइकलमा सवार अजिरकोट गाउँपालिका–२ की २३ वर्षीया मेलिना गुरुङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार भच्चेकबाट चित्रेपोखरीतर्फ गइरहेको प्र ३–०३ पा ४८१५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको जीपले ठक्कर दिएको हो ।

मोटरसाइकलको पछाडी सवार मेलिना गम्भीर घाइते भएकी थिइन् । उनको मोडर्न अस्पताल भच्चेकमा उपचारका क्रममा मृत्यु भएको लामिछानेले बताए ।

दुर्घटनामा मोटरसाइकल चालक मेलिनाका दाजु ३५ वर्षीय मनराज गुरुङ घाइते भएका छन् । जीपका चालक सिरानचोक गाउँपालिका–५, छोप्राकका २४ वर्षीय रवि नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ९ : ०३ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै