भारतमा थप एक व्यक्तिमा मङ्कीपक्स सङ्क्रमण पुष्टि « Khabarhub

भारतमा थप एक व्यक्तिमा मङ्कीपक्स सङ्क्रमण पुष्टि


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको दक्षिणी राज्य केरलामा विदेशबाट आएका एक व्यक्तिमा सोमबार मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको छ ।

केरला राज्यका स्वास्थ्यमन्त्री वीना जर्जका अनुसार पुणे शहरको नेशनल इन्स्टिच्युट अफ भिरोलोजी (एनआईभी) मा उनको नमूना परीक्षण गरिएपछि दोस्रो मङ्कीपक्स सङ्क्रमण पुष्टि गरिएको हो । केरला सरकारले यो रोग विरुद्धको रोकथामका उपायलाई तिव्रता दिएको छ ।

कन्नूर जिल्लाका स्थायी वासिन्दा ३१ वर्षीय युवकको केरलाको एक सरकारी अस्पतालमा उपचार भइरहेको बताइएको छ । उनी जुलाई १३ मा दुबईबाट केरला आएका थिए । स्वास्थ्य अधिकारीका अनुसार मङ्कीपक्स सङ्क्रमित बिरामीको स्वास्थ्य चिन्ताजनक अवस्थामा छैन ।

प्रशासनले उनको सम्पर्कमा आएका व्यक्तिहरूलाई पनि समूहमा घुलमिल नहुन आह्वान गरेको छ । साथै चिकित्सकहरूले उनीहरूको स्वास्थ्य अवस्थालाई पनि अवलोकन गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुलुककै पहिलो मङ्कीपक्सका बिरामी पनि केरालामा नै पत्ता लागेको थियो । तर, ती संक्रमित व्यक्ति संयुक्त राज्य अमेरिकाबाट आएका यात्री थिए । ती यात्री जुलाई १२ मा केरला आइपुगेको बताइएको छ ।

भारतमा मङ्कीपक्सको पहिलो सङ्क्रमण पुष्टि भएपछि केन्द्र सरकारले यसलाई फैलिन नदिन आवश्यक सावधानी अपनाउन र परीक्षणलाई व्यापक बनाउन वरिष्ठ चिकित्सकसहितका समूहलाई विभिन्न राज्यमा पठाएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ९ : १७ बजे

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले