परम्परागत घारको मौरीबाट वार्षिक एक लाख बढी कमाउँछन् मालिकाका स्थानीय | Khabarhub Khabarhub

परम्परागत घारको मौरीबाट वार्षिक एक लाख बढी कमाउँछन् मालिकाका स्थानीय


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– कनका सुन्दरी गाउँपालिका-२ मालिका बोताका स्थानीय धेरैको घरमा मौरीका घार छन् । मौरी पालनको लागि उनीहरुले तालिम पाएका होइनन् ।

त्यहाँ उनीहरुले परम्परागत रुपमा मौरी पालेका छन् । मालिका बोताको रोथका अधिकांश घरमा १२ देखि २५ सम्म मौरीका घार राखेको देखिन्छ ।

मालिका बोता गाउँकी गउकली रावतका घरमा पालेको मौरीको महबाट वर्षेनी एक लाख आम्दानी हुने गरेको छ । ‘एक किलोको ३ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । घरमा १० वटा मौरीका घार छन्’ उनले भनिन, ‘रोथ हाम्रो लेखाली घर हुन् । यहाँ आलु, सिमी गँहु, मकै लगायतको अरु उत्पादन पनि हुन्छ ।’

त्यस्तै सोही ठाउँका बिष्णुखर रावतका घरमा पनि मौरीका ११ घार छन् । उनी भन्छन्, ‘म १२ वर्षको हुँदा आमाले मह काढेको देख्थे, पछि मौरीपालन गर्ने इच्छा जाग्यो ।’ मौरीको घर र मह अहिले उनी आफैं व्यवस्थापन गर्छन् ।

आमाले मह काढेको देखेपछि त्यसलाई सिको गर्दै मौरी पालनतर्फ आर्कषित भएका उनी अहिले सफल भएका छन् । ११ घार मौरी पालेका उनी मह बेचेर वार्षिक एक लाखभन्दा बढी आम्दानी गर्छन् । उनको लेखमा रहेको घरको आसपासमा खोपिल्टा, चर्पीको छानामाथि, आँगन जतातत्तै मौरीका घार छन् । उनी भन्छन्, ‘अहिलेसम्म मौरी पालनका लागी कुनै तालिम लिएको छैन ।’

आधुनिक रुपमा मौरी पालनको लागि तालिम पाएको खण्डमा आफूहरुलाई सहज हुने उनी बताउँछन् । परम्परागत घारमै बसेका मौरी पालिरहेको उनले बताए । स्थानीय परम्परागत घार गोलो आकारको काठको मुढालाई खोपेर बनाइन्छ । मुढालाई खोपेर तयार पारिएको ढ्वांगको दुवैतर्फ प्वालको दुईतर्फ काठको टुक्राले छोपिन्छ । घारको कुनै भागमा मौरीलाई आवात जावत गर्न प्वाल पारिन्छ । त्यस्तै मालिकाबोताकी सुकिली रावत स्थानीय बजारमा महको माग अत्यधिक रहेको बताउँछिन् ।

मह काढ्न नपाउँदै खरिदका लागि उपभोत्ता घरैमा आउँछन् । उनका अनुसार मह प्रतिकिलो ३ हजारका दरले घरमै बिक्री हुन्छ । ‘अहिले बजारको माग धान्नै गाह्रो छ’, उनले भनिन् ‘मह खरिदका लागि घरमा आएका कतिपय नपाएर रित्तै फर्किंन्छन् ।’

घारको मौरी छुट्टिन लागेको मेसो पाउने वित्तिकै उनीहरु घारको ढोका खोलिदिन्छन् । माटोको छर्राले हानेर कुनै ठाउँमा गोला परेको अवस्थामा घारमा ल्याएर सार्छन् । मौरीको घार बनाउन सबैभन्दा उपयुक्त उत्तिस, मौवा, ढाल्ने, र पात्लेको काठ हो । ‘वर्षको दुई पटक मह काढ्दा एउटा घारबाट २० किलोसम्म मह हुन्छ’ उनी भन्छिन्, ‘मैले मौरीलाई भन्दा पनि मौरीले मेरो परिवारलाई पालिरहेको छ ।’’

थोरै मेहनतबाट मनग्य आम्दानी हुने भएकाले मौरी पालनतर्फ आर्कषित भएको उनको भनाइ छ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ११ : ०९ बजे

रविलाई कास्की अदालतमा उपस्थित गराइयो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला

टिमुरका बिरुवा बेचेर वार्षिक दुई लाख रुपैयाँ आम्दानी

दाङ– दाङको बङ्गलाचुली गाउँपालिका–४ स्थित जुम्लेपानी गढी सामुदायिक वन उपभोक्ता

रविलाई म्याद थपका लागि आज अदालत लगिँदै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई

मेचीनगरमा अपाङ्गता पहिचान गर्न १५ दिने अभियान

झापा– झापाको मेचीनगरमा अपाङ्गता भएकाहरूको पहिचान गरी परिचयपत्र वितरण गर्ने

प्रतिबन्धित क्रिप्टोमा हजारौँ नेपालीले दैनिक गर्छन् अर्बौंको कारोबार

काठमाडौं– नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गर्न पाइँदैन । क्रिप्टोकरेन्सीको कारोबारसम्बन्धी कुनै