परम्परागत घारको मौरीबाट वार्षिक एक लाख बढी कमाउँछन् मालिकाका स्थानीय « Khabarhub

परम्परागत घारको मौरीबाट वार्षिक एक लाख बढी कमाउँछन् मालिकाका स्थानीय


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जुम्ला– कनका सुन्दरी गाउँपालिका-२ मालिका बोताका स्थानीय धेरैको घरमा मौरीका घार छन् । मौरी पालनको लागि उनीहरुले तालिम पाएका होइनन् ।

त्यहाँ उनीहरुले परम्परागत रुपमा मौरी पालेका छन् । मालिका बोताको रोथका अधिकांश घरमा १२ देखि २५ सम्म मौरीका घार राखेको देखिन्छ ।

मालिका बोता गाउँकी गउकली रावतका घरमा पालेको मौरीको महबाट वर्षेनी एक लाख आम्दानी हुने गरेको छ । ‘एक किलोको ३ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । घरमा १० वटा मौरीका घार छन्’ उनले भनिन, ‘रोथ हाम्रो लेखाली घर हुन् । यहाँ आलु, सिमी गँहु, मकै लगायतको अरु उत्पादन पनि हुन्छ ।’

त्यस्तै सोही ठाउँका बिष्णुखर रावतका घरमा पनि मौरीका ११ घार छन् । उनी भन्छन्, ‘म १२ वर्षको हुँदा आमाले मह काढेको देख्थे, पछि मौरीपालन गर्ने इच्छा जाग्यो ।’ मौरीको घर र मह अहिले उनी आफैं व्यवस्थापन गर्छन् ।

आमाले मह काढेको देखेपछि त्यसलाई सिको गर्दै मौरी पालनतर्फ आर्कषित भएका उनी अहिले सफल भएका छन् । ११ घार मौरी पालेका उनी मह बेचेर वार्षिक एक लाखभन्दा बढी आम्दानी गर्छन् । उनको लेखमा रहेको घरको आसपासमा खोपिल्टा, चर्पीको छानामाथि, आँगन जतातत्तै मौरीका घार छन् । उनी भन्छन्, ‘अहिलेसम्म मौरी पालनका लागी कुनै तालिम लिएको छैन ।’

आधुनिक रुपमा मौरी पालनको लागि तालिम पाएको खण्डमा आफूहरुलाई सहज हुने उनी बताउँछन् । परम्परागत घारमै बसेका मौरी पालिरहेको उनले बताए । स्थानीय परम्परागत घार गोलो आकारको काठको मुढालाई खोपेर बनाइन्छ । मुढालाई खोपेर तयार पारिएको ढ्वांगको दुवैतर्फ प्वालको दुईतर्फ काठको टुक्राले छोपिन्छ । घारको कुनै भागमा मौरीलाई आवात जावत गर्न प्वाल पारिन्छ । त्यस्तै मालिकाबोताकी सुकिली रावत स्थानीय बजारमा महको माग अत्यधिक रहेको बताउँछिन् ।

मह काढ्न नपाउँदै खरिदका लागि उपभोत्ता घरैमा आउँछन् । उनका अनुसार मह प्रतिकिलो ३ हजारका दरले घरमै बिक्री हुन्छ । ‘अहिले बजारको माग धान्नै गाह्रो छ’, उनले भनिन् ‘मह खरिदका लागि घरमा आएका कतिपय नपाएर रित्तै फर्किंन्छन् ।’

घारको मौरी छुट्टिन लागेको मेसो पाउने वित्तिकै उनीहरु घारको ढोका खोलिदिन्छन् । माटोको छर्राले हानेर कुनै ठाउँमा गोला परेको अवस्थामा घारमा ल्याएर सार्छन् । मौरीको घार बनाउन सबैभन्दा उपयुक्त उत्तिस, मौवा, ढाल्ने, र पात्लेको काठ हो । ‘वर्षको दुई पटक मह काढ्दा एउटा घारबाट २० किलोसम्म मह हुन्छ’ उनी भन्छिन्, ‘मैले मौरीलाई भन्दा पनि मौरीले मेरो परिवारलाई पालिरहेको छ ।’’

थोरै मेहनतबाट मनग्य आम्दानी हुने भएकाले मौरी पालनतर्फ आर्कषित भएको उनको भनाइ छ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ११ : ०९ बजे

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १३ गते शनिबार सन् २०२६

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले