बढ्यो कोरोना संक्रमण : परीक्षण दायरा वडासम्म पुर्‍याउने नगरको निर्णय « Khabarhub

बढ्यो कोरोना संक्रमण : परीक्षण दायरा वडासम्म पुर्‍याउने नगरको निर्णय


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – कोभिड-१९ को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एन्टीजेन परीक्षणको दायरालाई वडा तहसम्म विस्तार गर्ने निर्णय गरेको छ।

कोभिड-१९ को संक्रमण दर बढिरहेको अवस्थामा बुधबार मेयर तीर्थराज भट्टराईको अध्यक्षतामा बसेको बैठकले एन्टीजेन परीक्षणको दायरालाई फराकिलो बनाउने निर्णय गरेको हो।

बैठकले बिहीबार दिक्तेलस्थित सरस्वती मावि, पञ्च मावि, दिक्तेल बोर्डिङ स्कुल र माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा एन्टीजेन परीक्षण गर्न स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने र आवश्यकताको आधारमा अन्य शैक्षिक संस्थामा परीक्षण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।

यस्तै, गत २५ साउनमा भएको डिसिसिएमसीको निर्णय अनुसार तीन दिनभित्र आइसोलेसन निर्माण गर्ने निर्णय गरिएको नगर प्रवक्ता दिनेशकुमार घिमिरेले प्रेस विज्ञाप्तीमार्फत जानकारी दिएका छन्।

मास्क र स्यानीटाइजर गर्न आग्रह
कोभिड-१९ को संक्रमणबाट बच्न र बचाउनका लागि नगरपालिकाले सार्वजनिक स्थल र भिडभाड हुने स्थानमा अनिवार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्क, स्यानीटाइजरको प्रयोग गर्न, नियमित साबुन पानीले हात धुन र सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ। यस्तै, विवाह, ब्रतबन्ध, सभा, सम्मेलन, धार्मिक तथा साँस्कृतिक पर्व, उत्सव मनाउँदा भौतिक दुरी कायम गर्न, मास्क तथा स्यानीटाइजरको अनिवार्य प्रयोग गर्न अनुरोध गरिएको छ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ६ : ४३ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद