मनाङमा थपिए १ वर्षमा ४९ वटा नयाँ उद्योग   « Khabarhub

मनाङमा थपिए १ वर्षमा ४९ वटा नयाँ उद्योग  


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – हिमाली जिल्ला मनाङमा एक वर्षमा ४९ वटा नयाँ उद्योग थपिएको छ । घरेलु तथा साना उद्योग कार्यालय मनाङका अनुसार ०७८ साउन देखि ०७९ असार सम्मको अवधिमा  विभिन्न प्रकृतिका ४९ उद्योग थपिएका हुन् ।

मनाङमा सबैभन्दा धेरै कृषि तथा वनपैदावर उद्योग दर्ता भएको घरेलु कार्यालय मनाङका प्रमुख ऋषिराम पौडेलले बताए । उनका अनुसार गत आर्थिक वर्षमा कृषि तथा वनपैदावर उद्योग ३१ वटा, पर्यटन उद्योग १७ वटा र एक सेवा मूलक उद्योग थपिएका छन् । दर्ता उद्योगमा ३६ वटा प्राइभेट र १३ वटा साझेदारी फर्म रहेको कार्यालयले जनाएको छ ।

गत वर्ष जिल्लामा ५२ उद्योग नवीकरण भएको छ भने पाँच उद्योगको नामसारी, ६ वटा उद्योगको  पुँजी वृद्धि, तीन वटाको नाम परिवर्तन र दुई उद्योगको लगतकट्टा गरिएको कार्यालय प्रमुख पौडेलले बताए ।

यसैगरी वाणिज्य तर्फ ५ वटा पाँच वटा नयाँ फर्म दर्ता भएका छन् भने सात वाणिज्य फर्म नवीकरण भएको छ । कार्यालयले गत वर्ष ४५ जनालाई उद्यमशीलता विकास तालिम र ६७ जनालाई सिप विकास तालिम दिएको  छ ।

कार्यालयले पर्यटन प्रवर्द्धनका लागि पदमार्ग, पार्क लगायतका पर्यटकीय संरचना समेत निर्माण गरिएको घरेलु कार्यालय मनाङले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ८ : ४५ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी